प्राथमिक स्वास्थ्य केन्द्र बेलघारीमा निशुल्क आँखा शिविर सम्पन्न

radiosindhuligadhhi


रेडियो सिन्धुलीगढी, १९ मंसिर २०८०, मंगलबार ।

सिन्धुलीको तीनपाटन गाउँपालिका वडा नम्बर १ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र बेलघारीमा एक दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाकाको आयोजना एंव तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौ र जानकी आँखा अस्पताल जनकपुरको प्राविधिक तथा आर्थिक सहयोगमा भएको शिविर आज (मंगलबार) सम्पन्न भएको हो ।

शिविरबाट वडा नम्बर १ बेलघारी र वडा नम्बर २ को साखामाडी, पैरै, कदमेका ३ सय ३५ जनाले सेवा लिएका छन भने १ सय ३४ जनालाई चम्मा वितरण गरिएको छ । २४ जना मोतिबिन्दुका बिरामी भेटिएको छ ।

शिविरबाट छानिएका मोतिबिन्दु भएका बिरामीहरुका लागी आउँदो पुष ६ र ७ गते नेपाल रेडक्रस सोसाइटी सामुदायिक आँखा उपचार केन्द्र सिन्धुलीमा निशुल्क अपरेशनको व्यवस्थापन गरिएको यशष्कर रामजी सुवेदीले जानकारी दिनु भयो ।

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

सिन्धुलीमा एचपिभि खोप अभियान सुरु

  रेडियो सिन्धुलीगढी, २२ माघ २०८१, मंगलबार । सिन्धुलीमा पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन पापिलोमा भाइरस (एचपिभी) खोप अभियानको शुभारम्भ

radiosindhuligadhhi

सिन्धुलीका १४ हजार बढी किशोरीहरुलाई एचपिभि खोप लगाईने

रेडियो सिन्धुलीगढी, १४ माघ २०८१, सोमबार । सिन्धुलीका १४ हजार ६ सय २२ जना किशोरीलाई महिलाहरूमा हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन

radiosindhuligadhhi

हरिहरपुरगढीमा सुरक्षित मातृत्व तथा नवशिशु स्वास्थ्य सेवाको सुनिश्चतता सम्बन्धी वडा स्तरीय पैरवी गोष्ठी सम्पन्न 

रेडियो सिन्धुलीगढी, २३ पुष २०८१, मंगलबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा सुरक्षित मातृत्व तथा नवशिशु स्वास्थ्य सेवाको सुनिश्चतता सम्बन्धी