कमलामाई नगरपालिका ३ चपौली स्थित कला घरमा राष्ट्रिय कला महोत्सब हुने 

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, १ चैत २०८१, शुक्रबार ।

सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ३ चपौलीमा रहेको निमार्णाधन कला घरको परिसरमा राष्ट्रिय कला महोत्सब हुने भएको छ । कला घर सिन्धुलीले आज शुक्रबार सिन्धुलीमाढीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै महोत्सब संचालन हुन लागेको जानकारी दिएको हो । 

कला घर सिन्धुलीको आयोजनामा “नमुना कला संग्रहालय सिन्धुली कलाघर घुम्न जाऔँ, नेपाली मौलिक कला संस्कृतिकमा रमाऔ” भन्ने मुल नाराका साथ यहि चैत्र २८ गते देखि बैशाख ३ गते सम्म महोत्सब संचालन हुने छ । 

कला घर निमार्णको महाअधियानमा हातेमालो सँगै मौलिक कला संस्कृतिको प्रवर्द्धन साथै कलाघरका कलाको प्रचार गर्ने उदेश्यले राष्ट्रिय कला महोत्सब संचालन गर्न लागिएको कला घर सिन्धुलीका अध्यक्ष सुमन थापा मगरले जानकारी दिनु भयो । साथै उहाँले रैथाने खेल, रैथाने संस्कृति र रैथाने कला कृषिको प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा रहेको बताउँनु भयो ।

पाँच दिन सम्म संचालन हुने महोत्सबमा १० भन्दा बढी जातजातिको झाकी प्रदर्शन, नेपाली मौलिक परम्परागत झल्कने घरहरुको नमुना बनाई मौलिक खानेकुराहरुको परिकारहरु प्रर्दशन तथा खानको लागी व्यवस्था, दर्शक स्वयम् सहभागिता हुने विभिन्न मौलिक तथा प्रतियोगितात्मक मनोरञ्जनका खेलहरु संचालन गरिने छ ।

साथै, हस्तकला, चित्रकला, मूर्तीकला लगायत कलाहरुको प्रदर्शन तथा व्यापार, विद्यार्थीहरुबाट निर्मित विज्ञान तथा विभिन्न कलाहरुको प्रर्द्धशन, विद्यालय स्तरीय नृत्य, गायन तथा चित्रकला प्रतियोगिता, मार्शलआर्टका विभिन्न खेल कला प्रर्दशन र स्थानीय कृषि उत्पादनको प्रर्द्धशन तथा विक्रि वितरण गरिने सिन्धुली कला घरले जनाएको छ ।

यस्तै, महोत्सबमा कला घर स्थापनाकाल देखि आर्थिक, भौतिक नैतिक रुपमा सहयोग गर्नुहुने व्यक्ति, संघ संस्था, संचारकर्मी तथा सरकार, क्षेक्रगत आधारमा सिन्धुली जिल्लामा त्रियाशील मौलिक झाकी संस्कृती समुहहरुलाई सम्मान गरिने छ ।
 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

सिन्धुलीमा पौडी खेल्ने क्रममा दहमा डुबेर १६ बर्षीय किशोरको मृत्यु 

रेडियो सिन्धुलीगढी, २४ वैशाख २०८२, बुधवार । सिन्धुलीमा पौँडी खेल्ने क्रममा दहमा डुबेर एक किशोरको मृत्यु भएको छ । गोलन्जोर गाउँपालिका खुर्कोट घर भई

radiosindhuligadhhi

हरिहरपुरगढी गाउँपालिकामा निःशुल्क आँखा तथा दन्त शिविर सुरु 

सिन्धुली, २३ वैशाख २०८२, मंगलवार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा निःशुल्क आँखा तथा दन्त शिविर सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर ४ स्थित

radiosindhuligadhhi

उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीद्धारा जिल्लास्तरका सरोकारवालाहरुसँग अन्तरक्रिया 

रेडियो सिन्धुलीगढी, १३ वैशाख २०८१, शनिबार । ऊद्योग तथा बाणिज्य कार्यालय सिन्धुलीले जिल्लास्तरका सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना