सिन्धुलीमा अस्पतालमा ५ सय १ महिलाले गराए निःशुल्क स्वास्थ्य परिक्षण 

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, २१ वैशाख २०८२, आईतवार ।

सिन्धुलीमा अस्पतालमा महिलाको पाठेघर तथा स्तन क्यान्सर स्क्रीनिङ सम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ । सिन्धुली अस्पतालसँगको समन्वय तथा भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा संचालन भएको शिविर हिजो शनिवार सम्पन्न भएको हो ।

शिविरमा ५ सय १ जना महिलाले स्वास्थ्य परीक्षण गराएका थिए । जसमा ४ जना महिलाको भिआइए टेस्ट पोजेटिभ देखिएको थियो । 

शिविरमा महिलाको स्तन तथा पाठेघरको क्यान्सरबारे परीक्षण गर्नुका साथै परामर्श सेवा प्रदान गरिएको थियो ।  शिविरमा भक्तपुर क्यान्सर अस्पतालका निमित्त निर्देशक तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. उज्ज्वल चालिसे लगायतको चिकित्सक र स्वास्थ्यकर्मीको टिमले स्वास्थ्य परीक्षण गरेका थिए ।
 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

हरिहरपुरगढी गाउँपालिकामा निःशुल्क आँखा तथा दन्त शिविर सुरु 

सिन्धुली, २३ वैशाख २०८२, मंगलवार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा निःशुल्क आँखा तथा दन्त शिविर सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर ४ स्थित

radiosindhuligadhhi

हरिहरपुरगढीमा वैशाख २३, २४, र २५ गते निःशुल्क आँखा तथा दन्त शिविर सञ्चालन हुँदै

रेडियो सिन्धुलीगढी, ११ वैशाख २०८२, बिहिबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा आगामी वैशाख २३, २४, र २५ गते निःशुल्क आँखा तथा दन्त शिविर सञ्चालन

radiosindhuligadhhi

सिन्धुली अस्पतालमा आजबाट निःशुल्क स्वास्थ्य शिविर सुरु 

रेडियो सिन्धुलीगढी, २ वैशाख २०८२, मंगलबार । सिन्धुली अस्पतालमा आजबाट निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला