हरिहरपुरगढी गाउँपालिकामा निःशुल्क आँखा तथा दन्त शिविर सुरु

सिन्धुली, २३ वैशाख २०८२, मंगलवार ।
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा निःशुल्क आँखा तथा दन्त शिविर सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर ४ स्थित महेन्द्रझ्याडि स्वास्थ्य चौकीमा आजबाट सुरु भएको शिविरको पालिकाका अध्यक्ष बज्रध्वज वाइबाले उद्घाटन गर्नुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै गाउँपालिकाका अध्यक्ष वाईबाले भौगोलिक विकटता, जटिलता तथा आर्थिक अभावका कारण आँखा र दन्त जाँचबाट वञ्चित नागरिकलाई सेवा प्रदान गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको बताउँनु भयो ।
आँखा तथा दन्तको सामान्य देखि जटिल रोग परिक्षणको लागि अन्य ठाउँ जाँदा जनताले सास्ती खेपिरहनुपरेको बताउँदै उहाँले जनतालाई स्थानीय सरकारले अभिभावकत्व वहन गर्ने गरी काम गरेको उहाँको भनाई छ । गाउँपालिकाले जनस्वास्थ्यलाई प्राथमिकता दिदै विभिन्न कार्यक्रम सन्चालन गरेको पनि बताउँनु भयो ।
शिविरमा आँखा विशेषज्ञ डाक्टरद्धारा आँखा जाँच, मोतियाबिन्दुको बिरामीको पहिचान गरी तत्काल शल्यक्रियाको साथमा निःशुल्क चस्मा तथा औषधी वितरण गरिने भने दन्त विशेषज्ञ डाक्टर मार्फत दाँत परिक्षण, सफाई गर्नुका साथै दाँत निकाल्ने, निःशुल्क औषधी वितरण तथा परामर्श प्रदान गरिने छ ।
गाउँपालिकाको आयोजना तथा काठमान्डौँको नेपाल आँखा अस्पताल र ओम चाबहिल डेन्टल प्रालिको विशेषज्ञ डाक्टरहरुको प्राविधिक सहयोगमा आजबाट सुरु भएको शिविर २५ गते सम्म सञ्चालन हुने छ ।
वडा नम्बर ४ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता कमल कुमार राईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा, वडा नम्बर ३ का वडा अध्यक्ष कुल बहादुर भोलन, ५ नम्बर वडाका अध्यक्ष साइला लामा, १ नम्बर वडाका अध्यक्ष जित बहादुर थिङ, कार्यपालिका सदस्य मोहनकाजी विक, शसस्त्र प्रहरी बल सिन्धुलीका डिसपी बलाराम प्रसाई, ईलाका प्रहरी कार्यालय कपिलाकोटका प्रहरी निरिक्षक बेनी कार्की लगायतको उपस्थिती रहेको थियो ।

सिन्धुलीमा अस्पतालमा ५ सय १ महिलाले गराए निःशुल्क स्वास्थ्य परिक्षण
रेडियो सिन्धुलीगढी, २१ वैशाख २०८२, आईतवार । सिन्धुलीमा अस्पतालमा महिलाको पाठेघर तथा स्तन क्यान्सर स्क्रीनिङ सम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण

हरिहरपुरगढीमा वैशाख २३, २४, र २५ गते निःशुल्क आँखा तथा दन्त शिविर सञ्चालन हुँदै
रेडियो सिन्धुलीगढी, ११ वैशाख २०८२, बिहिबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा आगामी वैशाख २३, २४, र २५ गते निःशुल्क आँखा तथा दन्त शिविर सञ्चालन

सिन्धुली अस्पतालमा आजबाट निःशुल्क स्वास्थ्य शिविर सुरु
रेडियो सिन्धुलीगढी, २ वैशाख २०८२, मंगलबार । सिन्धुली अस्पतालमा आजबाट निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला
प्रतिकृया दिनुहोस