हरिहरपुरगढीमा वैशाख २३, २४, र २५ गते निःशुल्क आँखा तथा दन्त शिविर सञ्चालन हुँदै

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, ११ वैशाख २०८२, बिहिबार ।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा आगामी वैशाख २३, २४, र २५ गते निःशुल्क आँखा तथा दन्त शिविर सञ्चालन हुने भएको छ । गाउँपालिकाको वडा नम्बर ४ मा रहेको महेन्द्रझ्याडी स्वास्थ्य चौकीमा शिविर संचालन हुन लागेको हो । 

गाउँपालिकाले एक सूचना जारी गर्दै शिविरमा विशेषज्ञ डाक्टरद्धारा आँखा जाँच, मोतियाविन्दुको शल्यक्रिया, निःशुल्क औषधी र चस्मा वितरण गरिने जनाएको छ ।

साथै, दाँत सम्बन्धी समस्या भएका विरामीहरुको दाँत सफा गरिने, दाँत निकालिने, आवश्यक परामर्शको साथमा निःशुल्क औषधी वितरण गरिने सूचनामा उल्लेख गरिएको  छ ।

गाउँपालिकाको आयोनना तथा नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाडौ र ॐ चावहिल डेन्टल प्रा.लि.को प्राविधिक सहयोगमा संचालन हुने शिविर बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म चल्ने छ ।

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

सिन्धुली अस्पतालमा आजबाट निःशुल्क स्वास्थ्य शिविर सुरु 

रेडियो सिन्धुलीगढी, २ वैशाख २०८२, मंगलबार । सिन्धुली अस्पतालमा आजबाट निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला

radiosindhuligadhhi

पहुच बाहिर रहेका किशोर किशोरीलाई यौन तथा प्रजनन् स्वास्थ्य सेवा सम्बन्धी परामर्श प्रदान 

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिका ४ आधारभुत स्वास्थ्य केन्द्र खयरसालमा आयोजित एकिकृत घुम्ती स्वास्थ्य शिविरबाट १८ जना किशोर किशोरलाई यौन तथा

radiosindhuligadhhi

मरिण गाउँपालिका २ मा एकीकृत घुम्ती स्वास्थ्य शिविर सम्पन्न, २ सय बढीले सेवा लिए

रेडियो सिन्धुलीगढी, २७ चैत २०८१, बुधबार । सिन्धुलीको मरिण गाउँपालिका २ स्थित बाल साक्षर मा.वि मुङ्ग्रे दोभानमा आयोजित एकीकृत घुम्ती स्वास्थ्य