गोलन्जोर गाउँपालिकामा एकिकृत घुम्ती शिविर संचालन हुने

रेडियो सिन्धुलीगढी, ०७ वैशाख २०८२, आईतबार ।
सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकिकृत घुम्ती शिविर संचालन हुने भएको छ । आर्थिक बर्ष २०८१ / ८२ को स्वीकृत बार्षिक कार्यक्रम अन्तर्गत ७ वटै वडामा शिविर संचालन हुन लागेको हो ।
गाउँपालिकाले एक सूचना जारी गर्दै शिविर मार्फत सामाजिक सुरक्षा भत्ता वितरण तथा बायोमेट्रिक रुजु र व्यक्तिगत घटना दर्ता, जेष्ठ नागरिक र अपाङ परिचय पत्र वितरण र नागरिकहरुको स्वास्थ्य परिक्षण गरिने जनाएको छ ।
घुम्ती शिविर आउँदो बैशाख १० गते वडा नम्बर १ को वडा कार्यालय डुडभन्ज्याङमा, ११ गते २ नम्बर वडाको वितिजोरमा, १२ गते वडा नम्बर ३ को ग्वालटारमा, १३ गते वडा नम्बर ४ को वडा कार्यालय तिनकन्यामा, १४ गते वडा नम्बर ५ को वडा कार्यालय रतनचुरामा, १५ गते वडा नम्बर ६ को कार्यालय वाशेश्वरमा र बैशाख १६ गते वडा नम्बर ७ को खुर्कोटमा संचालन हुने सूचनामा उल्लेख गरिएको छ । शिविर बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म चल्ने छ ।
.jpeg)
सिन्धुलीको भिमानबाट लागू औषध सहित २ जना पक्राउ
रेडियो सिन्धुलीगढी, ०५ जेठ २०८२, सोमवार । सिन्धुलीको कमलामाई नगरपालिका ९ भिमान चेकपोष्टबाट प्रहरीले लागू औषध सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ

अधिकारी कुलपूजा यज्ञ महोत्सवको उद्घाटन
कृष्ण अधिकारी, ०४ जेठ । अधिकारी कुलपूजा यज्ञ महोत्सव २०८२ को उद्घाटन गरिएको छ । कश्यप गोत्रीय अधिकारी कुल वंश बन्धुवान्धब सद्भावना प्रतिष्ठान

नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाको ५४ औ बार्षिक साधारण सभा सम्पन्न
रेडियो सिन्धुलीगढी, ०३ जेठ २०८२, शनिवार । नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाको ५४ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । नेपाल रेडक्रस
प्रतिकृया दिनुहोस