तीनपाटन गाउँपालिकामा अन्तरपालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सञ्चालन हुने
.jpeg)
रेडियो सिन्धुलीगढी, ११ वैशाख २०८२, बिहिबार ।
सिन्धुलीको तीनपाटन गाउँपालिकामा दोस्रो सिन्धुली जिल्ला (अन्तरपालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता) सञ्चालन हुने भएको छ । गाउँपालिकाको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको सहजीकरणमा भलिबल प्रतियोगिता संचालन हुन लागेको हो ।
गाउँपालिकाले एक सूचना जारी गर्दै आगामी वैशाख २२ गतेदेखि २४ गतेसम्म वडा नम्बर ११ चकमके खेल मैदानमा प्रतियोगितला सञ्चालन हुने जनाएको छ ।
प्रतियोगितामा सहभागीताका लागी आउँदो १७ गतेभित्र नागरिकता वा जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपिको साथमा २ प्रति पासर्पोट साईजको फोटो सहित पालिकाको खेलकुद विकास समितिमा टिम दर्ता गराउँनु पर्ने छ ।
प्रतियोगितामा एक स्थानीय तहबाट एउटा टिममात्र सहभागी हुने पाउँने सुचनामा उल्लेख गरिएको छ ।
प्रतियोगिताबाट प्रथम, द्धितीय र तृतीय हुने टिमलाई क्रमश १ लाख १० हजार, ५१ ह्जार र ३१ ह्जार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।
साथै, उत्कृष्ट ओपन स्पाइकर, सर्भर, ब्लकर, सेटरलाई ट्रफी, मेडल र प्रमाणत्र प्रदान गरिने गाउँपालिकाद्धारा जारी सूचना उल्लेख गरिएको छ ।

कमलामाई नगरपालिकाले जित्यो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि
रेडियो सिन्धुलीगढी, ०८ फागुन २०८१, बिहिबार १३ औँ सिन्धुली जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कमलामाई नगरपालिकाले जितेको छ ।

सिन्धुलीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम जिल्ला स्तरीय खेलकुद महोत्सब २०८१ संचालन हुने
रेडियो सिन्धुलीगढी, २६ माघ २०८१, शनिबार । सिन्धुलीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम जिल्ला स्तरीय खेलकुद महोत्सब २०८१ संचालन हुने भएको

हरिहरपुरगढी गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
रेडियाे सिन्धुलीगढी, १३ माघ २०८१, आईतबार । सिन्धुलीकाे हरिहरपुरगढी गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । आइतबार एक
प्रतिकृया दिनुहोस