कमलामाई नगरपालिकाले जित्यो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि 

radiosindhuligadhhi


रेडियो सिन्धुलीगढी, ०८ फागुन २०८१, बिहिबार 

१३ औँ सिन्धुली जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कमलामाई नगरपालिकाले जितेको छ । २३ स्वर्ण, ५ रजत र ७ कास्यपदक सहित सोमबारदेखि सिन्धुलीमाढीमा सुरु भएको प्रतियोगिताको उपाधि कमलामाई नगरपालिकाले जितेको हो ।

कमलामाई नगरपालिकाले एथलेटिक्समा ३ स्वर्ण, २ रजत र २ कास्य पदक प्राप्त गरेको छ । कराँतेतर्फ ७ स्वर्ण पदक, १ रजत र ३ कास्यपदक प्राप्त गरेको छ । साथै, तेक्वान्दोमा १० स्वर्ण, २ रजत र १ कास्य पदक जितेको छ भने भलिवलमा २ स्वर्ण पदक, कवड्डीमा १ स्वर्णपदक र १ कास्य पदक जितेको छ ।

प्रतियोगितामा दुधौली नगरपालिका दोस्रो भएको छ । दुधौली नगरपालिले ८ स्वर्ण पदक, २० रजत र १३ कास्य पदक सहित दोस्रो स्थान हासिल गरेको हो । दुधौलीले एथलेटिक्समा ५, कराँतेमा १, तेक्वान्दोमा २ स्वर्ण पदक प्राप्त गरेको थियो ।

साथै, फिक्कल गाउँपालिका ८ स्वर्ण पदक, ७ रजत पदक र २ कास्य पदक सहित तेस्रो भएको छ । 

प्रतियोगिताबाट बिजेता भएकाहरुलाई हिजो बुधबार बागमती प्रदेशका उद्योग वाणिज्य तथा प्रशासन मन्त्री सुकुमाया तामाङले प्रमाणपत्र तथा पुरस्कार वितरण गर्नुभएको थियो । रनिङ शिल्ड प्रतियोगिता अन्तर्गतका खेल समापन भए पनि खेलकुद महोत्सव अन्तर्गतका खेलहरु जारी रहेका छन । 
 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

तीनपाटन गाउँपालिकामा अन्तरपालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सञ्चालन हुने

रेडियो सिन्धुलीगढी, ११ वैशाख २०८२, बिहिबार । सिन्धुलीको तीनपाटन गाउँपालिकामा दोस्रो सिन्धुली जिल्ला (अन्तरपालिका स्तरीय पुरुष तथा महिला भलिबल

radiosindhuligadhhi

सिन्धुलीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम जिल्ला स्तरीय खेलकुद महोत्सब २०८१ संचालन हुने

रेडियो सिन्धुलीगढी, २६ माघ २०८१, शनिबार । सिन्धुलीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम जिल्ला स्तरीय खेलकुद महोत्सब २०८१ संचालन हुने भएको

radiosindhuligadhhi

हरिहरपुरगढी गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

  रेडियाे सिन्धुलीगढी, १३ माघ २०८१, आईतबार । सिन्धुलीकाे हरिहरपुरगढी गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । आइतबार एक