हरिहरपुरगढी गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

रेडियाे सिन्धुलीगढी, १३ माघ २०८१, आईतबार ।
सिन्धुलीकाे हरिहरपुरगढी गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । आइतबार एक समारोहबीच हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गाउँपालिकाका अध्यक्ष वाइबाले खेलकुदसँग राष्ट्रको इज्जत र प्रतिष्ठा गाँसिएको बताउनुभयो । खेलकुदका लागि गाउँपालिकाले बर्षाैनि बजेट विनियोजन गरिरहेको भए पनि अपेक्षा अनुरुपको प्रगति हासिल हुन नसकेको उहाँले गुनासो छ ।
गाउँपालिकाका उपाध्यक्ष चेखबहादुर थिङले खेलकुदको नारा ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भनिए पनि खेलाडीहरुले आफ्नै लागि हो भन्ने सम्झिएर खेल्नुपर्ने बताउनुभयो । आफ्नै लागि भनेर खेलियो भनेमात्रै पालिका, प्रदेश र राष्ट्रको नाम राख्न सकिने उहाकाे भनाई छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्रकुमार पैकराले गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद क्षेत्रलाई प्रोत्साहन गर्न गाउँपालिका लागिपरेको बताउनुभयो । यस्ता प्रतियोगिता आयोजना गरेर खेलकुदमैत्री वातावरण निर्माण गर्न आवश्यक प्रशासनिक सहयोग गरिँदै आएको उहाँको भनाइ छ ।
आजदेखि सुरुभएको प्रतियोगित भोलि सोमबारसम्म चल्नेछ । प्रतियोगितामा पुरुष र महिला भलिबलसहित एथलेटिक्सका विभिन्न विधामा प्रतिस्पर्धा हुने गाउपालिकाले जनाएकाे छ । एथलेटिक्सतर्फ छोटो तथा लामो दूरीको दौड, हाइजम्प, लङजम्प, ज्याभलिन थ्रो, छेलो हान्ने, कबड्डीजस्ता खेलहरू समावेश छन् ।
युवा तथा खेलकुद विकास समिति हरिहरपुरगढी गाउपालिकाका अध्यक्ष लक्ष्मी बहादुर राईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा हरिहरपुरगढीका उपाध्यक्ष चेखबहादुर थिङ, प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्रकुमार पैकरा, वडाअध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।
.jpeg)
तीनपाटन गाउँपालिकामा अन्तरपालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सञ्चालन हुने
रेडियो सिन्धुलीगढी, ११ वैशाख २०८२, बिहिबार । सिन्धुलीको तीनपाटन गाउँपालिकामा दोस्रो सिन्धुली जिल्ला (अन्तरपालिका स्तरीय पुरुष तथा महिला भलिबल

कमलामाई नगरपालिकाले जित्यो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि
रेडियो सिन्धुलीगढी, ०८ फागुन २०८१, बिहिबार १३ औँ सिन्धुली जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कमलामाई नगरपालिकाले जितेको छ ।

सिन्धुलीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम जिल्ला स्तरीय खेलकुद महोत्सब २०८१ संचालन हुने
रेडियो सिन्धुलीगढी, २६ माघ २०८१, शनिबार । सिन्धुलीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम जिल्ला स्तरीय खेलकुद महोत्सब २०८१ संचालन हुने भएको
प्रतिकृया दिनुहोस