अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता : महिला/पुरुष दुबैमा तीनपाटन विजयी 

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, २५ वैशाख २०८२, बिहिवार ।

तीनपाटन गाउँपालिकामा सम्पन्न दोस्रो जिल्ला अन्तरपालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितामा पुरुष तर्फ तीनपाटन गाउँपालिका टिम ‘ए’ ले उपाधि हात पारेको छ । हिजो भएको फाईनल खेलमा कमलामाई नगरपालिकालाई हराउँदै तीनपाटन टिम ‘ए’ ले उपाधि हात पारेको हो ।  

उपाधिसँगै १ लाख १ हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । उपाधिका लागि वडा नम्बर ११ चकमके खेल मैदानमा तीनपाटन गाउँपालिका टिम ‘ए’ र कमलामाई नगरपालिका बीच प्रतिस्पर्धा भएको थियो । पराजित बनेसँगै कमलामाई नगरपालिकाले दोस्रो स्थान हात पारेको छ । प्रतियोगितामा तीनपाटन गाउँपालिका टिम ‘बी’ तेस्रो बनेको छ । 

दोस्रो र तेस्रो हुने टिमले क्रमश ५१ हजार र ३१ हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । त्यस्तै महिलातर्फ पनि तीनपाटन गाउँपालिका टिम ‘ए’ बिजयी बनेको छ ।  तीनपाटन टिम ‘ए’ सँग पराजित बन्दै कमलामाई नगरपालिका दास्रो बनेको छ । सो प्रतियोगितामा मरिण गाउँपालिका तेस्रो बनेको छ ।

प्रथम, द्वितीय र तृतीय हुन सफल टिमले क्रमश १ लाख १ हजार, ५१ हजार र ३१ हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । साथै, उत्कृष्ट ओपन स्पाइकर, सर्भर, ब्लकर, सेटरलाई ट्रफी, मेडल र प्रमाणत्र प्रदान गरिएको छ ।

गाउँपालिकाको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको सहजीकरणमा गत सोमबार बाट सुरु भएको प्रतियोगितामा पुरुष तर्फ ६ वटा पालिका र महिला तर्फ ४ वटा पालिकाले सहभागीता जनाएका थिए ।
 

May be an image of 6 people and textMay be an image of 9 people and textMay be an image of 8 people and textMay be an image of textMay be an image of 1 person and text

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

फिक्कल उपाध्यक्ष भलिबल प्रतियोगिता सञ्चालन हुने

रेडियो सिन्धुलीगढी, २२ वैशाख २०८२, सोमबार । सिन्धुलीको फिक्कल गाउँपालिकामा उपाध्यक्ष कप भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । जेठ ४ गतेदेखि जेठ ६

radiosindhuligadhhi

तीनपाटन गाउँपालिकामा अन्तरपालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सञ्चालन हुने

रेडियो सिन्धुलीगढी, ११ वैशाख २०८२, बिहिबार । सिन्धुलीको तीनपाटन गाउँपालिकामा दोस्रो सिन्धुली जिल्ला (अन्तरपालिका स्तरीय पुरुष तथा महिला भलिबल

radiosindhuligadhhi

कमलामाई नगरपालिकाले जित्यो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि 

रेडियो सिन्धुलीगढी, ०८ फागुन २०८१, बिहिबार  १३ औँ सिन्धुली जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कमलामाई नगरपालिकाले जितेको छ ।