सामाजिक सुरक्षा भत्ताको नविकरण नगरेको प्रति एमाले हरिहरपुरगढी गाउँकमिटिको आपत्ति

रेडियो सिन्धुलीगढी, २६ फागुन २०८१, सोमबार ।
सामाजिक सुरक्षा भत्ताको नविकरण नगरेको प्रति नेपाल कम्युनिष्ट पार्टी एमाले हरिहरपुरगढी गाउँपालिका कमिटिले आपत्ति जनाएको छ । गाउँपालिकाको वडा नं ४ मा बसोबास गर्ने ३७ जना जेष्ठ नागरिक र शारीरिक रुपमा अशक्त तथा एकल महिलाहरुको भत्ताको नविकरण नगरेको प्रति नेकपा एमाले गाउँ कमिटिले गम्भीर आपत्ती प्रकट गरेको हो ।
नेकपा एमाले हरिहरपुरगढी गाउँ कमिटिका अध्यक्ष मान बहादुर वाइबाद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा जनप्रतिनिधिको लापरबाही र वडा सचिब जित माया घिसिङ्को असक्षमता र पुर्वाग्राही सोचका कारण भत्ताको नविकरण नभएको उल्लेख गरिएको छ ।
विज्ञप्तीमा पुर्वाग्राही सोच राख्ने वडा सचिब घिसिङ तथा संलग्न सबैलाई छानबीन गरी कारबाही गर्न माग गरिएको छ ।
साथै, नियतबस छुटाएका ३७ जना लाभग्राहीरुको भत्ता, तुरुन्त नविकरण गर्न र छुटेको अबधिको भत्ता समेत उपलब्ध गराइदिन पालिकासमक्ष नेकपा एमाले गाउँ कमिटिले विज्ञप्ती मार्फत आग्रह गरेको छ ।
.jpeg)
सिन्धुलीमा पौडी खेल्ने क्रममा दहमा डुबेर १६ बर्षीय किशोरको मृत्यु
रेडियो सिन्धुलीगढी, २४ वैशाख २०८२, बुधवार । सिन्धुलीमा पौँडी खेल्ने क्रममा दहमा डुबेर एक किशोरको मृत्यु भएको छ । गोलन्जोर गाउँपालिका खुर्कोट घर भई

हरिहरपुरगढी गाउँपालिकामा निःशुल्क आँखा तथा दन्त शिविर सुरु
सिन्धुली, २३ वैशाख २०८२, मंगलवार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा निःशुल्क आँखा तथा दन्त शिविर सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर ४ स्थित

उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीद्धारा जिल्लास्तरका सरोकारवालाहरुसँग अन्तरक्रिया
रेडियो सिन्धुलीगढी, १३ वैशाख २०८१, शनिबार । ऊद्योग तथा बाणिज्य कार्यालय सिन्धुलीले जिल्लास्तरका सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना
प्रतिकृया दिनुहोस