सिन्धुलीमा एचपिभि खोप अभियान सुरु

रेडियो सिन्धुलीगढी, २२ माघ २०८१, मंगलबार ।
सिन्धुलीमा पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन पापिलोमा भाइरस (एचपिभी) खोप अभियानको शुभारम्भ गरिएको छ । विश्व क्यान्सर दिवसको अवसर पारेर पाठेघरको मुखको क्यान्सर गराउँने एचपिभी खोप अभियान २०८१ को शुभारम्भ गरिएको हो ।
आज मंगलबार कमलामाई नगरपालिका ६ मा रहेको शिद्धस्थली इङ्लिस बोर्डिङ स्कुलमा आयोजित एक कार्यक्रमका बिच जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाले अभियानको शुभारम्भ गर्नुभएको थियो ।
अभियानको शुभारम्भ गर्नुहुदै जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख लामाले यो अभियान सफल पार्न आआफ्ना ठाउँबाट सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।
माघ २८ गते सोमबार सम्म संचालन हुने खोप अभियानमा विद्यालयमा अध्ययनरत कक्षा ६ देखी १० सम्मका १४ हजार ५ सय ५ र विद्यालय बाहिर रहेका १० देखी १४ वर्ष उमेर समूहका १ सय १७ गरि १४ हजार ६ सय २२ जना किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाईने जनस्वास्थ्य कार्यालय सिन्धुलीका खोप अधिकृत पुष्पराज पन्तले जानकारी जानकारी दिनु भयो ।
३ सय ३ खोप केन्द्र बाट किशोरीहरुलाई खोप लगाउँनका लागीे जिल्लाभर २ सय २३ स्वास्थ्यकर्मी र ४ सय ६२ स्वयमसेवक परिचालन गरिएको बताउँनु भयो ।

सिन्धुली अस्पतालमा आजबाट निःशुल्क स्वास्थ्य शिविर सुरु
रेडियो सिन्धुलीगढी, २ वैशाख २०८२, मंगलबार । सिन्धुली अस्पतालमा आजबाट निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला

पहुच बाहिर रहेका किशोर किशोरीलाई यौन तथा प्रजनन् स्वास्थ्य सेवा सम्बन्धी परामर्श प्रदान
सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिका ४ आधारभुत स्वास्थ्य केन्द्र खयरसालमा आयोजित एकिकृत घुम्ती स्वास्थ्य शिविरबाट १८ जना किशोर किशोरलाई यौन तथा

मरिण गाउँपालिका २ मा एकीकृत घुम्ती स्वास्थ्य शिविर सम्पन्न, २ सय बढीले सेवा लिए
रेडियो सिन्धुलीगढी, २७ चैत २०८१, बुधबार । सिन्धुलीको मरिण गाउँपालिका २ स्थित बाल साक्षर मा.वि मुङ्ग्रे दोभानमा आयोजित एकीकृत घुम्ती स्वास्थ्य
प्रतिकृया दिनुहोस