सिन्धुलीमा “पर्यटन सांस्कृतिक, व्यापार, उद्योग तथा फुड फेस्टिभल” हुदै

radiosindhuligadhhi


रेडियो सिन्धुलीगढी, ३० चैत २०८१, शनिबार । सिन्धुलीमा “पर्यटन सांस्कृतिक, व्यापार, उद्योग तथा फुड फेस्टिभल २०८२” को आयोजना हुने भएको छ । आगामी बैशाख ११ गतेदेखि २१ गतेसम्म जिल्लाको कमलामाई नगरपालिका ६ खम्बे चौरमा फुड फेस्टिभल संचालन हुने छ ।

ब्रदरहुड इभेन्ट एण्ड इन्टरटेन्मेन्टले आज शनिबार सिन्धुलीमा पत्रकार सम्मेलनको आयोजना गरि जिल्लामा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन तथा स्थानीय परिकारको प्रचार प्रसार गर्ने उदेश्यका साथ फेस्टिभल २०८२ हुन लागेको जानकारी दिएको हो ।

नेपाली परिकार देखि अर्न्तराष्ट्रिय खाना स्टल, स्थानीय गन्तव्यहरुको प्रचार तथा जानकारीमूलक प्रदर्शनी, बालबालिकाको लागि खेल, झुलाको साथमा राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको सांगितिक र हास्य व्यंग्य सहितका मनोरन्जनात्मक प्रस्तुती रहने ब्रदरहुड इभेन्ट एण्ड इन्टरटेन्मेन्टका म्यानेजिङ डाइरेक्टर कविराज सुनुवारले जानकारी दिए । 
उनका अनुसार फुड फेस्टिभलमा सिन्धुलीको पहिचान झल्काउने स्थानिय उत्पादनलाई विशेष प्राथमिकता दिइने छ ।

११ दिनसम्म संचालन हुने फुड फेस्टिभलका लागी ७५ लाख खर्च हुने अनुमान गरिएको ब्रदरहुड इभेन्ट एण्ड इन्टरटेन्मेन्टका प्रवन्धक अस्बिन थापा मगरले जानकारी दिए । फुड फेस्टिभलमा लगभग २० देखि २५ हजार जना दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको उनले बताए । 

फेस्टिभलमा जिल्लाभरका उत्पादित कृषिजन्य उत्पादनको विक्रि वितरण तथा प्रदर्शनका लागि स्टल निशुल्क गराईने छ ।
 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

सिन्धुली कला घरलाई प्रदेश सरकारको नीति तथा कार्यक्रममा समावेश गरिने : मन्त्री तामाङ 

सिन्धुली । बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकमाया तामाङले कलाघरलाई प्रदेश सरकारको नीति तथा कार्यक्रममा समावेश गरी

radiosindhuligadhhi

चपौलीमा आजबाट राष्ट्रिय कला महोत्सव सुरु, मुख्यमन्त्री लामाद्धारा उद्घाटन 

रेडियो सिन्धुलीगढी, २८ चैत २०८१, बिहिबार । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ३ चपौलीमा रहेको निमार्णाधन कला घरको परिसरमा आजबाट राष्ट्रिय कला

radiosindhuligadhhi

मरिण गाउँपालिका २ मा एकीकृत घुम्ती स्वास्थ्य शिविर सम्पन्न, २ सय बढीले सेवा लिए

रेडियो सिन्धुलीगढी, २७ चैत २०८१, बुधबार । सिन्धुलीको मरिण गाउँपालिका २ स्थित बाल साक्षर मा.वि मुङ्ग्रे दोभानमा आयोजित एकीकृत घुम्ती स्वास्थ्य