सिन्धुली कला घरलाई प्रदेश सरकारको नीति तथा कार्यक्रममा समावेश गरिने : मन्त्री तामाङ

सिन्धुली । बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकमाया तामाङले कलाघरलाई प्रदेश सरकारको नीति तथा कार्यक्रममा समावेश गरी संरक्षण र प्रर्वद्धन गर्ने बताउँनु भएको छ । गत बिहिबारबाट जिल्लाको कमलामाई नगरपालिका ३ चौपलीमा रहेको कला घरमा सञ्चालन भईरहेको कला महोत्सवको दोस्रो दिन हिजो शुक्रबारको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउँनु भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै मन्त्री तामाङले यस वर्ष कलाघरलाई मन्त्रालयवाट ५ लाख रुपैया सहयोग गर्ने बताउँनु भयो । साथै उहाँले आगामी वर्षको निति तथा कार्यक्रममा कलाघर प्रवद्र्धनका लागि उपयुक्त शिर्षकमा वजेट ब्यवस्थापन गर्ने प्रतिवद्धता समेत ब्यक्त गर्नु भयो ।
कला घर निमार्णको महाअधियानमा हातेमालो सँगै मौलिक कला संस्कृतिको प्रवद्र्धन साथै कलाघरका कलाको प्रचार गर्ने उदेश्यले राष्ट्रिय कला महोत्सवको संचालन भईरहेको छ । चैत २८ बाट सुरु भएको महोत्सव वैशाख ३ गते सम्म चल्ने छ ।
.jpeg)
सिन्धुलीको भिमानबाट लागू औषध सहित २ जना पक्राउ
रेडियो सिन्धुलीगढी, ०५ जेठ २०८२, सोमवार । सिन्धुलीको कमलामाई नगरपालिका ९ भिमान चेकपोष्टबाट प्रहरीले लागू औषध सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ

अधिकारी कुलपूजा यज्ञ महोत्सवको उद्घाटन
कृष्ण अधिकारी, ०४ जेठ । अधिकारी कुलपूजा यज्ञ महोत्सव २०८२ को उद्घाटन गरिएको छ । कश्यप गोत्रीय अधिकारी कुल वंश बन्धुवान्धब सद्भावना प्रतिष्ठान

नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाको ५४ औ बार्षिक साधारण सभा सम्पन्न
रेडियो सिन्धुलीगढी, ०३ जेठ २०८२, शनिवार । नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाको ५४ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । नेपाल रेडक्रस
प्रतिकृया दिनुहोस