चपौलीमा आजबाट राष्ट्रिय कला महोत्सव सुरु, मुख्यमन्त्री लामाद्धारा उद्घाटन

रेडियो सिन्धुलीगढी, २८ चैत २०८१, बिहिबार ।
सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ३ चपौलीमा रहेको निमार्णाधन कला घरको परिसरमा आजबाट राष्ट्रिय कला महोत्सव सुरु भएको छ । महोत्सवको वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले उद्घाटन गर्नु भएको हो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले २०८२ ८३ मा कला घर सिन्धुलीलाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने बताए । उनले यस कला घरले लोप हुन लागेको पराम्परागत कला संस्कृतिलाई जोगाउनका लागी सराहनीय कार्य गरेको बताए । उनले यस क्षेत्रको विकासमा पहल गर्ने बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लिला प्रसाद शर्माले देशकोे विकास संमृद्धि र राष्ट्रिय एकताका लागी कला र संस्कृतिलाई बचाई राख्न जरुरी रहेको बताए ।
कला घर निमार्णको महाअधियानमा हातेमालो सँगै मौलिक कला संस्कृतिको प्रवद्र्धन साथै कलाघरका कलाको प्रचार गर्ने उदेश्यले राष्ट्रिय कला महोत्सवको आयोजना गरिएको कला घर सिन्धुलीका अध्यक्ष सुमन थापा मगरले जानकारी दिए ।
पाँच दिन सम्म संचालन हुने महोत्सबमा १० भन्दा बढी जातजातिको झाकी प्रदर्शन, नेपाली मौलिक परम्परागत झल्कने घरहरुको नमुना बनाई मौलिक खानेकुराहरुको परिकारहरु प्रर्दशन तथा खानको लागी व्यवस्था, दर्शक स्वयम् सहभागिता हुने विभिन्न मौलिक तथा प्रतियोगितात्मक मनोरञ्जनका खेलहरु संचालन गरिने छ ।
कला घर सिन्धुलीको आयोजनामा “नमुना कला संग्रहालय सिन्धुली कलाघर घुम्न जाऔँ, नेपाली मौलिक कला संस्कृतिकमा रमाऔ” भन्ने मुल नाराका साथ आज बाट सुरु भएको महोत्सव वैशाख ३ गते सम्म चल्ने छ ।

सिन्धुलीमा “पर्यटन सांस्कृतिक, व्यापार, उद्योग तथा फुड फेस्टिभल” हुदै
रेडियो सिन्धुलीगढी, ३० चैत २०८१, शनिबार । सिन्धुलीमा “पर्यटन सांस्कृतिक, व्यापार, उद्योग तथा फुड फेस्टिभल २०८२” को आयोजना हुने भएको छ । आगामी बैशाख

सिन्धुली कला घरलाई प्रदेश सरकारको नीति तथा कार्यक्रममा समावेश गरिने : मन्त्री तामाङ
सिन्धुली । बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकमाया तामाङले कलाघरलाई प्रदेश सरकारको नीति तथा कार्यक्रममा समावेश गरी

मरिण गाउँपालिका २ मा एकीकृत घुम्ती स्वास्थ्य शिविर सम्पन्न, २ सय बढीले सेवा लिए
रेडियो सिन्धुलीगढी, २७ चैत २०८१, बुधबार । सिन्धुलीको मरिण गाउँपालिका २ स्थित बाल साक्षर मा.वि मुङ्ग्रे दोभानमा आयोजित एकीकृत घुम्ती स्वास्थ्य
प्रतिकृया दिनुहोस