सिन्धुलीका १४ हजार बढी किशोरीहरुलाई एचपिभि खोप लगाईने

रेडियो सिन्धुलीगढी, १४ माघ २०८१, सोमबार ।
सिन्धुलीका १४ हजार ६ सय २२ जना किशोरीलाई महिलाहरूमा हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’(एचपिभि) खोप लगाईने भएको छ । सिन्धुलीका ९ वटा स्थानीय तहका विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका १४ हजार ५ सय ५ र विद्यालय बाहिर रहेका १० देखि १० बर्षका १ सय १७ गरेर १४ हजार ६ सय २२ जना किशोरीलाई खोप लगाउन लागिएको हो ।
आज जिल्ला खोप समन्वय समिति तथा सञ्चारकर्मीहरुसँग पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान संचालनका लागी आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा खोप माघको २२ गतेदेखि २८ गतेसम्म संचालन हुने जनाईएकोे छ ।
कमलामाई नगरपालिकाका कक्षा ६ देखी १० सम्मका ३ हजार ६ सय १७ जना र विद्यालय बाहिर रहेका ४ जना, दुधौली नगरपालिकाका कक्षा ६ देखि १० सम्मका २ हजार ९ सय ५९ र विद्यालय बाहिर रहेका ३२ जना, तीनपाटन गाउँपालिकाका कक्षा ६ देखि १० सम्मका १ हजार ५ सय ४५ जना र विद्यालय बाहिर रहेका १० जना, फिक्कल गाउँपालिकाका कक्षा ६ देखी १० सम्मका १ हजार १ सय ११ जना किशोरीहरुलाई खोप लगाईने छ ।
त्यस्तै गोलन्जोर गाउँपालिकाका कक्षा ६ देखि १० सम्मका १ हजार ८२ र विद्यालय बाहिर रहेका ३ जना, सुनकोसी गाउँपालिकाका कक्षा ६ देखि १० सम्मका १ हजार ४५, घ्याङलेख गाउँपालिकाका कक्षा ६ देखि १० सम्मका ६ सय ९२ जना र विद्यालय बाहिर रहेका ३७ जना, मरिण गाउँपालिकाका कक्षा ६ देखि १० सम्मका १ हजार ४ सय ४४ जना, हरिहरपुरगढी गाउँपालिकाका कक्षा ६ देखि १० सम्मका ९ सय ७७ जना र विद्यालय बाहिरका २९ जना किशोरीहरुले खोप लगाउँने छन् ।
अभियानमा विद्यालयमा अध्ययनरत सबैभन्दा धेरै कमलामाई नगरपालिकाका ३ हजार ६ सय १७ र सबैभन्दा कम घ्याङ्लेख गाउँपालिकाका ६ सय ९२ जना किशोरीहरुले खोप लगाउने छन् ।
खोप लगाउँनका लागीे जिल्लाभर २ सय २३ स्वास्थ्यकर्मी र ४ सय ६२ स्वयमसेवक परिचालन गरिएको छ भने ३ सय ३ खोप केन्द्र निर्धारण गरिएको छ ।

हरिहरपुरगढी गाउँपालिकामा निःशुल्क आँखा तथा दन्त शिविर सुरु
सिन्धुली, २३ वैशाख २०८२, मंगलवार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा निःशुल्क आँखा तथा दन्त शिविर सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर ४ स्थित

सिन्धुलीमा अस्पतालमा ५ सय १ महिलाले गराए निःशुल्क स्वास्थ्य परिक्षण
रेडियो सिन्धुलीगढी, २१ वैशाख २०८२, आईतवार । सिन्धुलीमा अस्पतालमा महिलाको पाठेघर तथा स्तन क्यान्सर स्क्रीनिङ सम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण

हरिहरपुरगढीमा वैशाख २३, २४, र २५ गते निःशुल्क आँखा तथा दन्त शिविर सञ्चालन हुँदै
रेडियो सिन्धुलीगढी, ११ वैशाख २०८२, बिहिबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा आगामी वैशाख २३, २४, र २५ गते निःशुल्क आँखा तथा दन्त शिविर सञ्चालन
प्रतिकृया दिनुहोस