सिन्धुलीबाट ५ हजार बढी विद्यार्थीले एसइई परीक्षा दिदै

रेडियो सिन्धुलीगढी, २९ फागुन २०८१, बिहिबार ।
सिन्धुलीबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ५ हजार ७ सय ७२ जना परीक्षार्थी सहभागी हुने भएका छन् । आउँदो चैत ७ देखि सुरु हुने एसइई परीक्षामा ५ हजार ७ सय ७२ जना परीक्षार्थी सहभागी हुने भएका हुन् ।
यो वर्ष ४ सय ५७ जना विद्यार्थी बढेका छन् । अघिल्लो वर्षको एसइईमा ५ हजार ३ सय १५ सहभागी भएका थिए ।
नियमिततर्फ ४ हजार ७ सय ७५ जना, प्राविधिक धार तर्फ १ सय ७६ जना र ग्रेडवृद्वितर्फ ८ सय २१ जना सहभागी हुनेछन् ।
यसैबिच, माध्यमिक शिक्षा परीक्षा (एसइई) को लागि २७ वटा परिक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीका सुचना अधिकृत सुबोध रामले जानकारी दिनुभयो ।

गौमती माविको ५८ औ बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न
रेडियो सिन्धुलीगढी, २० माघ २०८१, आईतबार । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६ माढिबजारमा रहेको गौमती माध्यमिक विद्यालयको ५८ औ बार्षिक उत्सव तथा

गोलन्जोर गाउँपालिकाका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई न्यानो कम्बल वितरण
रेडियो सिन्धुलीगढी, ०९ माघ २०८१, बुधबार । सिन्धुलीको गोलन्जोर गाउँपालिकाको विभिन्न विद्यालयका विद्यार्थीहरुलाई न्यानो कम्बल वितरण गरिएको छ ।

श्री जनजागृति मा.वि भिमानको ५४ ओैं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
रेडियो सिन्धुलीगढी, २ माघ २०८१, बुधबार । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ९ भिमानमा रहेको श्री जनजागृति मा.विको ५४ ओैं वार्षिकोत्सव तथा
प्रतिकृया दिनुहोस