श्री जनजागृति मा.वि भिमानको ५४ ओैं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

रेडियो सिन्धुलीगढी, २ माघ २०८१, बुधबार ।
सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ९ भिमानमा रहेको श्री जनजागृति मा.विको ५४ ओैं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद प्रधानको अध्यक्षता तथा कमलामाई नगरपालिकाकी उप प्रमुख मन्जु देवकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम आज बुधबार सम्पन्न भएको हो ।
कार्यक्रममा विद्यालका प्रधानाध्यापक कृष्ण प्रसाद निरौलाले आर्थिक वर्ष २०८१ ०८२ को वार्षिक गतिविधिहरुको साथमा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा कमलामाई नगरपालिकाकी उप प्रमुख देवकोटाले शिक्षा क्षेत्रमा देखिएको समस्याहरुलाई हल गर्ने प्रतिवदता जायर गर्नु भयो । साथै उहाँले प्राविधिक शिक्षालाई जोड दिदै कमलामाईले आगामी बर्षदेखि प्रविधि मैत्री र गुणस्तरीय शिक्षामा जोड दिने लक्ष्य राखेको वताउनु भयो ।
साथै, उहाले विद्यालयमा शिक्षकका लागी खाली रहेका दरवन्दीहरुलाई नगरपालिकाले परपुर्ति गर्ने र विद्यालयमा सकभर विषयगत आधारमा शिक्षकले पठनपाठन गराउनु पर्ने धारणा राख्नु भयो । गुणस्तरीय शिक्षा प्रदान गर्न सवैको साथ र सहयोग चाहिने बताउँदै उहाले शिक्षा क्षेत्रमा देखिएको अन्यौलता, विकृती, विसंगती, भ्रष्टचार, अनियमिता, न्युनीकरण गरे मात्र परिवर्तन ल्याउन सकिने वताउनु भयो ।
कार्यक्रममा विद्यालयमा कार्यरत शिक्षक शिक्षिकाहरुलाई सम्मान गरिएको थियो भने उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।
र्कायक्रमका पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा सदस्यहरु, पूर्व प्रद्यानाध्यापकहरु, पूर्व शिक्षकहरु, पूर्व विद्यार्थी समाज तथा विद्यार्थीहरु, पूर्व कर्मचारीहरु, अभिभावकहरु तथा समाजसेवी र सम्पूर्ण सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

गौमती माविको ५८ औ बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न
रेडियो सिन्धुलीगढी, २० माघ २०८१, आईतबार । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६ माढिबजारमा रहेको गौमती माध्यमिक विद्यालयको ५८ औ बार्षिक उत्सव तथा

गोलन्जोर गाउँपालिकाका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई न्यानो कम्बल वितरण
रेडियो सिन्धुलीगढी, ०९ माघ २०८१, बुधबार । सिन्धुलीको गोलन्जोर गाउँपालिकाको विभिन्न विद्यालयका विद्यार्थीहरुलाई न्यानो कम्बल वितरण गरिएको छ ।

हरिहरपुरगढी गाउँपालिका ८ स्थित सरस्वती शिशुबाल प्राविको चार कोठे पक्की भवनको शिलान्यास
रेडियो सिन्धुलीगढी, २५ पुष २०८१, बिहिबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ८ स्थित सरस्वती शिशुबाल प्राथमिक विद्यालय जमुनियाको चार
प्रतिकृया दिनुहोस