गोलन्जोर गाउँपालिकाका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई न्यानो कम्बल वितरण 

radiosindhuligadhhi

 

रेडियो सिन्धुलीगढी, ०९ माघ २०८१, बुधबार ।

सिन्धुलीको गोलन्जोर गाउँपालिकाको विभिन्न विद्यालयका विद्यार्थीहरुलाई न्यानो कम्बल वितरण गरिएको छ । गोलन्जोर गाउँपालिकाको समन्वयमा व्याक टु लाइफ ई.भि.जर्मनको आर्थिक तथा प्राबिधिक सहयोगमा विद्यार्थीहरुलाई कम्बल वितरण गरिएको हो ।

गाउँपालिकाको वडा न.१ को सिद्धेश्वर प्रा.बि धन्सार, वडा न.२ को बालप्रगतिशिल प्रा.बि हमालडीही, बाललहरी प्रा.बि भन्ज्याङ्ग, वडा न.३ को कुशेश्वरी प्रा.बि मुर्की, वडा न.४ को बत्सल्ला मा.बि किराते, प्रा बि.टवाङट्वाङ्गे र वडा न.६ को मंगला मा.बि. घोक्सिलामा अध्ययनरत ५ सय ६० बिद्यार्थीको ४ सय १० परिवारलाई दुई दुई वटाको दरले न्यानो कपडा कम्बल बितरण गरिएको छ । 

कम्बल वितरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष शंकर बराल, उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने, वडाअध्यक्षहरु, व्याक टु लाइफका प्रमुख तथा प्रतिनिधि, विद्यालयका विद्यार्थीहरु, अभिभावकहरुको उपस्थिति रहेको थियो ।
 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

गौमती माविको ५८ औ बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न 

रेडियो सिन्धुलीगढी, २० माघ २०८१, आईतबार । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६ माढिबजारमा रहेको गौमती माध्यमिक विद्यालयको ५८ औ बार्षिक उत्सव तथा

radiosindhuligadhhi

श्री जनजागृति मा.वि भिमानको ५४ ओैं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न 

रेडियो सिन्धुलीगढी, २ माघ २०८१, बुधबार ।  सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ९ भिमानमा रहेको श्री जनजागृति मा.विको ५४ ओैं वार्षिकोत्सव तथा

radiosindhuligadhhi

हरिहरपुरगढी गाउँपालिका ८ स्थित सरस्वती शिशुबाल प्राविको चार कोठे पक्की भवनको शिलान्यास 

रेडियो सिन्धुलीगढी, २५ पुष २०८१, बिहिबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ८ स्थित सरस्वती शिशुबाल प्राथमिक विद्यालय जमुनियाको चार