मरिण गाउँपालिकामा सरफ बनाउँने तालिम सुरु

रेडियो सिन्धुलीगढी, २६ फागुन २०८१, सोमबार ।
सिन्धुलीको मरिण गाउँपालिकामा सरफ बनाउँने तालिम सुरु भएको छ । सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय मरिणले तालिमको आयोजना गरेको हो ।
तालिमको गाउँपालिकाका अध्यक्ष विर्मश मुक्तानले उद्घाटन गर्नुृभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नु हुदै उहाँले रोजगार सिर्जना गर्न तथा यूवाहरुलाई प्रोत्साहन गर्ने उदेश्यले यस संस्थाले तालिमको आयोजना गरेको बताउँनु भयो ।
साथै, यस संस्थाले यस्ता खालका सीप विकास तालिमको आयोजना गरि गाउँपालिका क्षेत्र भित्र छरिएर रहेका गरिब, विपन्न महिला उद्यमीहरुको जिविकोपार्जनका लागी ठुलो सहयोग पु¥याएको धारणा राख्नु भयोे । उहाँले मरिण गाउँपालिकाले आगामी बर्षदेखि आर्थिक समृद्धिसँग जोड्ने खालका कार्यक्रमहरु ल्याउँने बताउँनु भयो ।
कार्यक्रममा सुुर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले मृत्यु भएका २ जना सदस्यहरुलाई विमा बापतको क्षतिपुर्ति प्रदान गरेको छ ।
सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय मरिणका अध्यक्ष लिला कुमारी तोलाङ्गेको अध्यक्षतामा भएको कार्यक्रम संस्थाका कर्मचारी, सदस्यहरु लगाएतको उपस्थिति रहेको थियो ।
.jpeg)
सिन्धुलीमा पौडी खेल्ने क्रममा दहमा डुबेर १६ बर्षीय किशोरको मृत्यु
रेडियो सिन्धुलीगढी, २४ वैशाख २०८२, बुधवार । सिन्धुलीमा पौँडी खेल्ने क्रममा दहमा डुबेर एक किशोरको मृत्यु भएको छ । गोलन्जोर गाउँपालिका खुर्कोट घर भई

हरिहरपुरगढी गाउँपालिकामा निःशुल्क आँखा तथा दन्त शिविर सुरु
सिन्धुली, २३ वैशाख २०८२, मंगलवार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा निःशुल्क आँखा तथा दन्त शिविर सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर ४ स्थित

उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीद्धारा जिल्लास्तरका सरोकारवालाहरुसँग अन्तरक्रिया
रेडियो सिन्धुलीगढी, १३ वैशाख २०८१, शनिबार । ऊद्योग तथा बाणिज्य कार्यालय सिन्धुलीले जिल्लास्तरका सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना
प्रतिकृया दिनुहोस