हरिहरपुरगढीमा सुरक्षित मातृत्व तथा नवशिशु स्वास्थ्य सेवाको सुनिश्चतता सम्बन्धी वडा स्तरीय पैरवी गोष्ठी सम्पन्न 

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, २३ पुष २०८१, मंगलबार ।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा सुरक्षित मातृत्व तथा नवशिशु स्वास्थ्य सेवाको सुनिश्चतता सम्बन्धी वडा स्तरीय पैरवी गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । संघिय विशेष कार्यक्रम अन्रगत गाउँपालिकाका उपाध्यक्ष चेख बहादुर थिङको अध्यक्षतामा जनस्वास्थ्य कार्यालय सिन्धुलीले एक दिने पैरवी गोष्ठी कार्यक्रमको आयोजना गरेको थियो । 

गाउँपालिकाका उपाध्यक्ष चेख बहादुर थिङले स्वास्थ्यकर्मीहरुले गर्भवती महिलाहरुको घरमै पुगेर स्वास्थ्य अवस्थाको जानकारी लिन आग्रह गर्नुभयो । कार्यक्रममा जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख गजेन्द्रप्रसाद यादवले कार्यक्रमको उदेश्यबारे सहजीकरण गर्नभएको थियो । 

संस्थागत सुत्केरी बढाउने, घरमा सुत्केरी गराउनेलाई निरुत्साहित गर्ने, ८ पटक प्रोटोकल अनुसारको गर्भवती जाँच बढाउने तथा उत्तर प्रसूति घरभेट कार्यक्रमलाई प्रोत्साहन गर्नको लागि गोष्ठी संचालन गरिएको हो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा, हरिहरपुरगढीका ८ वटै वडाका अध्यक्ष तथा स्वास्थ्य सँस्था प्रमुखको उपस्थिती रहेको थियो । 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

हरिहरपुरगढी गाउँपालिकामा निःशुल्क आँखा तथा दन्त शिविर सुरु 

सिन्धुली, २३ वैशाख २०८२, मंगलवार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा निःशुल्क आँखा तथा दन्त शिविर सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर ४ स्थित

radiosindhuligadhhi

सिन्धुलीमा अस्पतालमा ५ सय १ महिलाले गराए निःशुल्क स्वास्थ्य परिक्षण 

रेडियो सिन्धुलीगढी, २१ वैशाख २०८२, आईतवार । सिन्धुलीमा अस्पतालमा महिलाको पाठेघर तथा स्तन क्यान्सर स्क्रीनिङ सम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण

radiosindhuligadhhi

हरिहरपुरगढीमा वैशाख २३, २४, र २५ गते निःशुल्क आँखा तथा दन्त शिविर सञ्चालन हुँदै

रेडियो सिन्धुलीगढी, ११ वैशाख २०८२, बिहिबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा आगामी वैशाख २३, २४, र २५ गते निःशुल्क आँखा तथा दन्त शिविर सञ्चालन