२०८४ को चुनावमा उपलब्धिपत्र लिएर जनतामाझ जानुपर्छ : महामन्त्री थापा

रेडियो सिन्धुलीगढी, २४ फागुन २०८१, शनिबार ।
नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले २०८४ को चुनावमा उपलब्धिपत्र लिएर जनतामाझ जानुपर्ने बताउँनु भएको छ । नेपाली काङ्ग्रेस प्रतिनिधि सभा छेत्र नम्बर १ को प्रथम छेत्रीय सम्मेलनलाई सम्बोधन गर्नु हुदै उहाँले यस्तो बताउँनु भएको हो ।
उहाँले भन्नुभयो, ‘आउँदोे चुनावमा नेपाली कांग्रेस पार्टीले मेरो घोषणा पत्र यो छ, ५ बर्षीय कार्यकालमा म यो गर्छु भनेर मात्र भोट माग्न पाईन्न, घोषणा पत्र भन्दा अगाडी उपलब्धीको रिर्पोट जनतामाझ प्रस्तुत गर्नुपर्छ ।’
साथै, नेपाली कांग्रेस ५ बर्ष सरकार बाहिर बस्न तयार रहेको तर अर्को पार्टीसँग मिलेर चुनाव लड्ने पक्षमा नरहेको बताउँनु भयो । उहाँले पार्टीको अधिवेशन चुनाब अगाडीनै हुने बताउँनु भयो ।
।

लोकतान्त्रिक चोकमा एमाले सिन्धुलीले ग¥यो जागरणसभा
सिन्धुली १८ चैत २०८१ । नेकपा (एमाले) जिल्ला कमिटी सिन्धुलीले जागरण सभाको आयोजना गरेको छ । लोकतान्त्रिक गणतन्त्रको संरक्षण र संवर्द्धनका

एमाले सिन्धुलीले जागरणसभा गर्ने
सिन्धुली । मूलुकमा राजावादीहरुको अराजकता बढेपछि नेकपा एमाले सिन्धुलीले आगामी चैत्र १८ गते सिन्धुलीमा जागरणसभा गर्ने भएको छ । एमाले सिन्धुलीको

उपभोक्ता अधिकारको संरक्षण , प्रवद्र्धन तथा कार्यान्वयनका लागि सधैं प्रतिबद्ध रहेको मन्त्री तामाङ को भनाई
उपभोक्ता अधिकारको संरक्षण , प्रवद्र्धन तथा कार्यान्वयनका लागि सधैं प्रतिबद्ध रहेको बागमती प्रदेश उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री सुकमाया
प्रतिकृया दिनुहोस