लोकतान्त्रिक चोकमा एमाले सिन्धुलीले ग¥यो जागरणसभा 

radiosindhuligadhhi

सिन्धुली  १८ चैत २०८१ ।   नेकपा (एमाले) जिल्ला कमिटी सिन्धुलीले जागरण सभाको आयोजना गरेको छ । लोकतान्त्रिक गणतन्त्रको संरक्षण र संवर्द्धनका लागि एमालेले सोमबार सिन्धुलीमाढीमा जागरण सभाको आयोजना गरेको हो ।

जिल्लाको कमलामाई नगरपालिका बुद्धनगर, लक्ष्मणचोक र धुरा बजारबाट निस्किएको ¥र्‍याली एमाले पार्टी कार्यालय पुगेर बजार परिक्रमा गरेर लोकतान्त्रिक चोकमा आएर कोण सभामा परिणत भएको थियो ।

कोण सभालाई एमाले सिन्धुलीका उपाध्यक्ष कर्ण घिसिङ, केन्द्रीय सदस्यहरू उमा कोइराला, बिषमलाल अधिकारी दनुवार, गणेश कुमार पहाडी र जिल्ला ईन्र्चाज समेत रहेका मनोज जंग थापाले सम्बोधन गरेका थिए । 

जागरण सभालाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य गणेश पहाडीले हत्या र हिंसाको पक्षमा उत्रिएका पूर्व राजा ज्ञानेन्द्र शाहलाई जेलमा पु¥याउँन राजनीतिक दल तथा गणतन्त्रका पक्षधर शक्तिहरूले पुनः विचार गर्ने बेला आएको बताउनु भयो । उहाँले राज्यका तर्फबाट राजा ज्ञानेन्द्रलाई प्रदान गरिने सेवा सुविधाको पनि कटौती गर्नुपर्ने धारणा राख्नु भएको छ । नेकपा एमाले सधैँ लोकतान्त्रिक गणतन्त्रको पक्षमा ढृणताका साथ संकलपित भएर उभिने उहाँको भनाई थियो । 

नेकपा एमाले केन्द्रीय जिल्ला इन्चार्ज मनोज जंग थापाले नेपाली जनता झुटको पछि लाग्न नहुने बताउनु भयो । उहाँले सम्बोधनको क्रममा भन्नु भयो “राजालाई धर्मका केन्द्रको रूपमा, जाती जातीको केन्द्रको रूपमा परिभाष्य गर्न खोजिएको छ, यो झुटको पुलिन्दा हो, यस्ता झुटको पछि नेपाली जनता लाग्ने छैनन् ।” 

नेकपा एमाले सिन्धुलीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठको अध्यक्षतामा भएको कोण सभा कार्यक्रमक जिल्ला सचिव नवराज थिङले सञ्चालन गर्नुभएको थियो ।

तस्बिरहरू 

May be an image of 1 person and temple

May be an image of 11 people

 

May be an image of 5 people and text

 

May be an image of 6 people and textMay be an image of 7 peopleMay be an image of 7 peopleMay be an image of 9 people and text

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

अनेमसंघ सिन्धुलीको छैटौ जिल्ला सम्मेलनको उद्घाटन 

रेडियो सिन्धुलीगढी, ०३ जेठ २०८२, शनिबार । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) सिन्धुलीको छैटौ जिल्ला सम्मेलनको उद्घाटन सत्र सम्पन्न भएको छ

radiosindhuligadhhi

अनेमसंघ सिन्धुलीको छैटौ जिल्ला सम्मेलन भोलि हुने

रेडियो सिन्धुलीगढी, ०२ जेठ २०८२, आईतवार । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) सिन्धुलीको छैटौ जिल्ला सम्मेलन भोलि (सोमबार) हुने भएको छ ।

radiosindhuligadhhi

एमाले सिन्धुलीले जागरणसभा गर्ने

सिन्धुली । मूलुकमा राजावादीहरुको अराजकता बढेपछि नेकपा एमाले सिन्धुलीले आगामी चैत्र १८ गते सिन्धुलीमा जागरणसभा गर्ने भएको छ । एमाले सिन्धुलीको