गणतन्त्र दिवसको अवसरमा नेकपा एमाले कमलामाई नगर कमिटिद्धारा विरामीलाई फलफूल वितरण

रेडियो सिन्धुलीगढी, १५ जेठ २०८२, बिहिवार ।
गणतन्त्र दिवसको अवसरमा जिल्ला अस्पताल सिन्धुलीमा रहेका विरामीहरुलाई फलफूल वितरण गरिएको छ । नेपाल कम्युष्टि पार्टी (एमाले) कमलामाई नगर कमिटि सिन्धुलीले दिवसको अवसर पारेर जिल्ला अस्पतालमा उपचाररत विरामीहरुलाई फलफूल वितरण गरेको हो ।
नेकपा एमालेका नेता तथा कार्यकर्ताहरूको सहभागीतामा उक्त अस्पतालमा उपचाररत ३२ जना विरामीलाई फलफूल वितरण गरिएको नगर कमिटीका अध्यक्ष सुन्दर घिसिङले जानकारी दिनु भयो । उहाँका अनुसार बेलुका लोकन्तान्त्रिक चोकमा दिप प्रज्वलनको साथमा कोण सभा गरिने छ ।
निरङ्कुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन गणतन्त्र दिवस मनाउने गरिएको छ । यस दिवसको अवसरमा सिन्धुली लगायत देशभरि विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।
.jpeg)
सिन्धुलीमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ हुने
सिन्धुली, १९ जेठ २०८२, सोमवार। सिन्धुलीमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ हुने भएको छ । जेठ २१ गतेदेखि जेठ २७ गतेसम्म सिन्धुलीको कमलामाई नगरपालिका

स्थानीय तह र मानव अधिकार विषयक एक दिने प्रशिक्षण कार्यक्रम फिक्कलमा सम्पन्न
सिन्धुली, १९ जेठ २०८२, सोमवार । सिन्धुलीको फिक्कल गाउँपालिकामा स्थानीय तह र मानव अधिकार विषयक एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

सुनकोशी मरिन बहुउद्देश्यीय डाइभर्सन आयोजनाको बाँकी काम समयमै सम्पन्न गर्न ऊर्जामन्त्री खड्काको आग्रह
रेडियो सिन्धुलीगढी, १८ जेठ २०८२, आईतवार । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सुनकोशी मरिन बहुउद्देश्यीय डाइभर्सन आयोजनाको काम समयमै
प्रतिकृया दिनुहोस