सिन्धुलीमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ हुने
.jpeg)
सिन्धुली, १९ जेठ २०८२, सोमवार। सिन्धुलीमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ हुने भएको छ । जेठ २१ गतेदेखि जेठ २७ गतेसम्म सिन्धुलीको कमलामाई नगरपालिका भवन अगाडी हुने सो मेलामा ग्राहकहरूले नागरिकताको आधारमा मात्र बजाजको बाइक फाइनान्स गर्न सक्नेछन् ।
शून्य सर्भिस चार्ज, अन द स्पट फाइनान्स, थप १० हजार रुपैया अतिरिक्त भ्यालुएसन, निःशुल्क एसेसरिज र आर्कषक छुट सहितको यो योजना ल्याएको कम्पनीले जनाएको छ ।
सिन्धुलीमा हुन लागेको यस खालको एक्सचेन्ज मेलामा ग्राहकहरूको पुरानो बाइकको उचित र उच्चतम मूल्यांकन गर्न विशेष भ्यालुएटरहरू समेत आउँने छन् । यी अनुभवी भ्यालुएटरहरूले ग्राहकहरूको बाइकको न्यायोचित मूल्यांकन गरी कम्पनीको तर्फबाट थप १० हजार रुपैयाँ सम्मको बोनस भ्यालुएसन ग्राहकहरुले पाउँनेछन ।
साथै, ग्राहकहरुले आगामी आब २०८२/८३ को बार्षिक कर पनि मेलामा किन्ने मोटरसाईकलमा प्राप्त गर्न सक्नेछन ।
यसअघि मोटरसाइकल खरिद गर्दा हुने झन्झटिलो प्रक्रिया, जस्तैः घर जग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल, आय स्रोतको सर्टिफिकेट लगायतका कागजातको आवश्यकतालाई यो योजनाले पूर्ण रूपमा हटाएको छ । किस्ताबन्दीमा किन्न चाहने ग्राहकले १ घण्टाभित्रै लोन पास गरेर सरल फाइनान्स मार्फत यो सुविधा पाउनेछन् ।
कमलामाइ नगरपालिका अगाडी आयोजना हुने बजाज ग्रान्ड एक्सचेन्ज मेला हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा लि को नेपालकै बृहत मोटरसाइकल एक्सचेन्ज योजना हो । यस योजनामा कम्पनीका प्रतिनिधि कै उपस्थितिमा ग्राहकहरूले आफ्ना जुनसुकै कम्पनीका पुराना स्कुटर तथा बाइकहरूको अनुभवी र दक्ष भ्यालुएटर बाट उच्चतम भ्यालुएसन प्राप्त गरी बजाजका नयाँ मोडेलहरू सजिलै किन्न सक्ने बजाज सिन्धुलीका प्रोप्राइटर हरि रोकाहाले जानकरीले दिनु भयो ।

गोलन्जोर गाउँपालिकामा स्थानीय तह र मानव अधिकार विषयक एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न
रेडियो सिन्धुलीगढी, २० जेठ २०८२, मंगलवार । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा स्थानीय तह र मानव अधिकार विषयक एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको

२ वटा उद्योग सम्बन्धी विधेयक सर्वसम्मत पारित
हेटौंडा । बागमती प्रदेश सभाले सोमबारको बैठकबाट दुईवटा महत्वपूर्ण विधेयकहरू सर्वसम्मत रूपमा पारित गरेको छ । सोमवार बसेको प्रदेश सभाको बैठकबाट

स्थानीय तह र मानव अधिकार विषयक एक दिने प्रशिक्षण कार्यक्रम फिक्कलमा सम्पन्न
सिन्धुली, १९ जेठ २०८२, सोमवार । सिन्धुलीको फिक्कल गाउँपालिकामा स्थानीय तह र मानव अधिकार विषयक एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
प्रतिकृया दिनुहोस