२ वटा उद्योग सम्बन्धी विधेयक सर्वसम्मत पारित

हेटौंडा । बागमती प्रदेश सभाले सोमबारको बैठकबाट दुईवटा महत्वपूर्ण विधेयकहरू सर्वसम्मत रूपमा पारित गरेको छ । सोमवार बसेको प्रदेश सभाको बैठकबाट ‘प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६’ र ‘प्रादेशिक व्यापार तथा व्यवसाय ऐन २०७६’ लाई संशोधन गर्न बनेका विधेयकहरू पारित भएका हुन् ।
सभामुख भुवन कुमार पाठकले दुवै विधेयक निर्णयार्थ पेश गर्दा बैठकले सर्वसम्मत रूपमा विधेयकहरू पारित गरेको घोषणा गरेका थिए । विधेयकमाथिको छलफलका लागि उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले प्रतिवेदनसहितको प्रस्ताव पेश गरेकी थिइन् । छलफलका क्रममा उद्योग, पर्यटन तथा वातावरण समितिले तयार पारेको प्रतिवेदनमाथि प्रदेशसभा सदस्यहरूले व्यापक रूपमा सहभागिता जनाएका थिए ।
छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री तामाङले संशोधनले प्रदेशभित्र सञ्चालित उद्योग र व्यवसायहरूलाई अझ सशक्त बनाउन टेवा पुग्ने विश्वास व्यक्त गरिन् । उनले संशोधन पश्चात उक्त विद्येयकले औद्योगिक ब्यवसायीहरुलाई आफ्ना ब्यवसायी सञ्चालन गर्नका लागि धेरै सहज हुने भन्दै उद्यमी ब्यवसायीहरु समेत बढ्ने आशा लिएकी छन् ।
उनले विधेयकमार्फत कानुनी जटिलता समाधान भई उद्योगी तथा व्यवसायीका लागि सहज वातावरण तयार हुने दाबी गरिन् । प्रदेश सभा सचिवालयका अनुसार पारित भएका विधेयकहरू प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाबाट प्रमाणीकरण भएपछि कानुनी रूपले ऐन बन्नेछन् ।

तीनपाटनमा स्थानीय तह र मानव अधिकार विषयक एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न
रेडियो सिन्धुलीगढी, २१ जेठ २०८२, बुधवार । सिन्धुलीको तीनपाटन गाउँपालिकामा स्थानीय तह र मानव अधिकार विषयक एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ

चन्द्रावती मा.वि.बेलघारीको ४२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
रेडियो सिन्धुलीगढी, २१ जेठ २०८२, बुधवार । कृष्ण अधिकारी । सिन्धुलीको तीनपाटन गाउँपालिका १ बेलघारीमा अवस्थित चन्द्रावती माध्यमिक विद्यालयको ४२ औँ

गोलन्जोर गाउँपालिकामा स्थानीय तह र मानव अधिकार विषयक एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न
रेडियो सिन्धुलीगढी, २० जेठ २०८२, मंगलवार । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा स्थानीय तह र मानव अधिकार विषयक एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको
प्रतिकृया दिनुहोस