तीनपाटनमा स्थानीय तह र मानव अधिकार विषयक एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न 

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, २१ जेठ २०८२, बुधवार ।

सिन्धुलीको तीनपाटन गाउँपालिकामा स्थानीय तह र मानव अधिकार विषयक एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना तथा राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय हेटौंडाको सहकार्य र स्वाधीन खबरपत्रिकाको  समन्वयमा भएको कार्यक्रम हिजो मंगलवार सम्पन्न भएको हो ।

कार्यक्रममका प्रमुख अतिथि तथा गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर थापा मगरले मानव अधिकार आफैमा गहकिलो विषय रहेको बताउनु भएको छ । हरेक नागरिकले आफनो अधिकारको प्रयोग गर्दा अर्काको अधिकारको हन्न गर्न नहुने र मानव  अधिकार  तथा मौलिक हकको बारेमा सबैले जानकारी राख्नु पर्ने कुरामा जोड दिदै संघीय लोकतन्त्रको उपलब्धिका रुपमा आएको संविधानको कार्यान्वयनको अवस्था निराशाजनक रहेको बताउनु भयो ।

साथै, उहाँले सबै समुदायका बिचमा मानव अधिकार संरक्षणका लागि एकता भएमा यस पालिकालाई उत्कृष्ट पालिका बनाउन सक्ने धारणा व्यक्त गर्नु भयो । 

कार्यक्रमका सभाध्यक्ष तथा पालिकाका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक धन बहादुर पुलामीले जिम्मेवारीको हिसावले मानिस सानो ठूलो भएपनि मानव अधिकार सबैका लागि बराबर हुने धारणा राख्नु भयो । 

उहाँले ऐन कानुन मानव अधिकार सन्धी महासन्धीको अक्षरस पालना भएमा मात्रै नागरिकको अधिकारको संरक्षण हनुे र मुलुकमा दिगो विकासका लक्ष्यको कार्यान्वयन भई शुशासनमा टेवा पुग्ने कुरामा जोड दिनु भयो । कार्यक्रममा सहभागीहरुलाई मानव अधिकार प्रशिक्षणबाट सिकेका विषय बस्तुहरुलाई व्यवहारमा कार्यान्वयन गरी गाउँ समाज, घर परिवार तथा कार्यालमा छलफलका माध्यमबाट सचेतना जगाउन उहाँले आग्रह समेत गर्नुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत टंक बहादुर नेगीले मानव अधिकारको विषयमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा जति बहस भएपनि कार्यान्वयनको अवस्था भने फितलो रहेको बताउनु भयो । 

उहाँले मानव अधिकार सम्वन्धी प्रशिक्षण कार्यक्रममा प्रशिक्षकहरुले मानव अधिकार सम्वन्धी कानुन र मानव अधिकारका प्रावधानहरु के कस्ता छन ? भन्ने विषयमा प्रशिक्षित गराएर मानव अधिकार मैत्री सेवा प्रवाह मार्फत हरेक नागरिकका गुनासाहरुलाई सम्वोधन गर्न सहज हुने धारणा राख्नु भएको थियो ।   

कार्यक्रममा प्रशिक्षकहरु राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय हेटौंडाका प्रमुख एवम उपसचिव पवन कुमार भट्ट र मानव अधिकार अधिकृत रविना घिमिरे लगाएतका व्यक्तिहरुले मानव अधिकार राष्ट्रिय कार्ययोजना  र स्थानीय सरकारको भुमिका, महिला अधिकार र लैङ्गिक विभेद, मेलमिलाप र स्थानीय न्यायिक समितिको भूमिका र संक्रमणकालिन न्याय र मानव अधिकारको अवस्थाको बारेमा सहजीकरण गर्नु भएको स्वाधिन खबर पत्रिकाका प्रधान सम्पादक रुद्रबहादुर खड्काले जानकारी दिनु भयो ।

प्रशिक्षण कार्यक्रममा कसरी स्थानीय तहमा मानव अधिकारलाई सुनिश्चित गर्न सकिन्छ, स्थानीय तहले योजना तर्जुमा गर्दा कसरी सिमान्तकृत, पछाडिपारिएका, आवाज विहिन तथा राज्यको मुलधारमा आउन नसकेका व्यक्तिको अधिकारको संरक्षण गर्न सक्छ र मानव अधिकारको संरक्षणमा स्थानीय तहको भुमिका के के रहन्छ भन्ने बारेमा जानकारी प्रदान गर्ने उदेश्यका साथ जिल्लाका विभिन्न स्थानीय तहमा यस कार्यक्रम संचालन भईरेहको छ । जसमध्ये सिल्लाको फिक्कल र गोलन्जोर गाउँपालिका यो कार्यक्रम सम्पन्न भईसकेको छ ।

तीनपाटनमा संचालित कार्यक्रममा स्थानीय तहका जन प्रतिनिधिहरु, नागरिक समाज र कर्मचारी गरि जम्मा ६५ जनाको सहभागिता रहेको थियो ।
 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

सिँचाइका लागी बनाएको पोखरीमा डुबेर सिन्धुलीमा ९ बर्षीया बालिकाको मृत्यु 

रेडियो सिन्धुलीगढी, २३ जेठ २०८२, शुक्रवार । जिल्लाको हरिहरपुरगढी गाउँपालिका ३ बनौलीमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । सिँचाइको लागी बनाएको

radiosindhuligadhhi

मरिणमा स्थानीय तह र मानव अधिकार विषयक एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

रेडियो सिन्धुलीगढी, २३ जेठ २०८२,  शुक्रवार । सिन्धुलीको मरिण गाउँपालिकामा स्थानीय तह र मानव अधिकार विषयक एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ

radiosindhuligadhhi

विश्व वातावरण दिवसको अवसरमा चुरे उत्थानशील आयोजना कार्यालय सिन्धुलीद्धारा वृक्षरोपण 

रेडियो सिन्धुलीगढी, २२ जेठ २०८२, बिहिवार ।  चुरे उत्थानशील आयोजना कार्यालय सिन्धुलीले विश्व वातावरण दिवसको अवसरमा वृक्षरोपण कार्यक्रमको आयोजना