पत्रकार सुरक्षामा राज्य, नागरिक समाज र मिडियाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

रेडियो सिन्धुलीगढी, १७ जेठ २०८२, शनिवार ।
पत्रकार सुरक्षामा राज्य, नागरिक समाज र मिडियाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिक सहयोग, प्रेस सेन्टर नेपाल बागमती प्रदेश समितिको आयोजना तथा प्रेस सेन्टर नेपाल जिल्ला समिति सिन्धुलीको समन्वयमा भएको कार्यक्रम आज शनिवार सिन्धुलीमाढीमा सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका प्रमुख कारसाङ लामाले पत्रकारिता क्षेत्र संवेदनशील तथा जोखिमपूर्ण पेशा भएकाले यसको सुरक्षामा निम्ति राज्य, नागरिक समाजले विशेष ध्यान दिन आवश्यक रहेको धारणा राख्नु भयो ।
प्रमुख जिल्ला अधिकारी लिला प्रसाद शर्माले अहिलेको युग पत्रकारीता र सञ्चारको युग भएकाले सञ्चार र पत्रकारीता विनाको कुनै पनि पल परिकल्पना गर्न नसकिने बताउनु भयो ।
पत्रकार र पत्रकारीता क्षेत्रले आर्थिक, सामाजिक, नैतिक भौतिक सुरक्षाको चुनौती भोगिरहेको बताउँदै नेपाल पत्रकार महासंघ बागमती प्रदेशकी उपाध्यक्ष बिमला पाण्डेले नागरिक समाज र मिडिया क्षेत्रको सहकार्य आवश्यक रहेको बताउँनु भयो । उपाध्यक्ष पाण्डले सामाजिक सञ्जालका कन्टेनहरुलाई पत्रकारिता मान्ने कारण अहिले पत्रकारीता क्षेत्र संकटमा पर्दैगएको वताउँनु भयो ।
राज्यको पहिलो जिम्मेवारी पत्रकारलाई सुरक्षाको प्रत्याभुति दिलाउँनु रहेको वताउँदै नेपाल पत्रकार महासंघ सिन्धुलीका सचिव नविनबाबु अधिकारीले यसमा राज्य चुक्न नहुने तर्फ व्यक्त गरेका छन् । पत्रकारिता गरिरहेको पत्रकारहरुका क्षेत्रगत तथा व्यक्तिगत रुपमा आईपर्ने समस्या उठानका निम्ति नागरिक समाजको भुमिका पनि महत्वपुर्ण रहेको उहाँले बताउँनु भयो ।
प्रेस सेन्टर नेपाल बागमती प्रदेशका अध्यक्ष धुव्र अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस सेन्टर नेपाल जिल्ला समिति सिन्धुलीका अध्यक्ष बुद्ध नेपाली, प्रेस चौतारी सिन्धुलीका अध्यक्ष वाई.पी विनय दाहाल, नेपाल शिक्षक महासंघ अध्यक्ष विष्णु फुयाल, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सुनिल प्रसाद चौरासिया, सिन्धुली उद्योग वाणिज्य संघका प्रकाश काफ्ले, जिल्लाका विभिन्न संचारमाध्यममा आवद्ध संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको संचालन प्रेस सेन्टर नेपाल बागमती प्रदेशका महासचिव नविन श्रेष्ठले गर्नु भएको थियो ।
.jpeg)
सिन्धुलीमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ हुने
सिन्धुली, १९ जेठ २०८२, सोमवार। सिन्धुलीमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ हुने भएको छ । जेठ २१ गतेदेखि जेठ २७ गतेसम्म सिन्धुलीको कमलामाई नगरपालिका

स्थानीय तह र मानव अधिकार विषयक एक दिने प्रशिक्षण कार्यक्रम फिक्कलमा सम्पन्न
सिन्धुली, १९ जेठ २०८२, सोमवार । सिन्धुलीको फिक्कल गाउँपालिकामा स्थानीय तह र मानव अधिकार विषयक एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

सुनकोशी मरिन बहुउद्देश्यीय डाइभर्सन आयोजनाको बाँकी काम समयमै सम्पन्न गर्न ऊर्जामन्त्री खड्काको आग्रह
रेडियो सिन्धुलीगढी, १८ जेठ २०८२, आईतवार । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सुनकोशी मरिन बहुउद्देश्यीय डाइभर्सन आयोजनाको काम समयमै
प्रतिकृया दिनुहोस