सुनकोशी मरिन बहुउद्देश्यीय डाइभर्सन आयोजनाको बाँकी काम समयमै सम्पन्न गर्न ऊर्जामन्त्री खड्काको आग्रह

रेडियो सिन्धुलीगढी, १८ जेठ २०८२, आईतवार ।
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सुनकोशी मरिन बहुउद्देश्यीय डाइभर्सन आयोजनाको काम समयमै सम्पन्न गर्न आग्रह गर्नुभएको छ । आईतवार सुनकोशी मरिन बहुउद्देश्यीय डाइभर्सन आयोजनाको अनुगमनका लागी सिन्धुली आईपुग्नु भएका मन्त्री खड्काले प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्नुहुदै यस्तो बताउँनु भएको हो ।
सिंचाईमन्त्रालय अन्तर्गतको आयोजनाहरु मध्ये सुनकोशी मरिन बहुउद्देश्यीय डाइभर्सन आयोजनाको कार्यप्रगति सुस्त भएको आफुलाई महशुस भएको ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री खड्काले बताउँनु भयो ।
सुरुङ खन्ने काम सम्पन्न भईसकेपनि हेडवक्स निर्माणको काम भने सुस्त गतिमा भएकाले बाकी समयको पुर्ण रुपले सदुपयोग गरि काम तोकिएको समयमै सम्पन्न गर्न ठेकेदार कम्पनीलाई उहाँले आग्रह गर्नुभएको छ । बाँकी कार्य समयमै सम्पन्न गर्नका लागी स्थानीय तहहरुको पनि सहयोग आवश्यक रहेको उहाँको धारणा थियो ।
.jpeg)
सिन्धुलीमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ हुने
सिन्धुली, १९ जेठ २०८२, सोमवार। सिन्धुलीमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ हुने भएको छ । जेठ २१ गतेदेखि जेठ २७ गतेसम्म सिन्धुलीको कमलामाई नगरपालिका

स्थानीय तह र मानव अधिकार विषयक एक दिने प्रशिक्षण कार्यक्रम फिक्कलमा सम्पन्न
सिन्धुली, १९ जेठ २०८२, सोमवार । सिन्धुलीको फिक्कल गाउँपालिकामा स्थानीय तह र मानव अधिकार विषयक एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

दुधौली ९ खोरभञ्याङमा मोटरसाईकल र अटो आपसमा ठक्कर खाई दुर्घटना हुँदा ६ जना घाईते
रेडियो सिन्धुलीगढी, १७ जेठ २०८२, शनिवार । मदनभण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको दुधौली नगरपालिका ९ खोरभञ्याङमा मोटरसाईकल र अटो एकआपसमा ठक्कर खाई
प्रतिकृया दिनुहोस