फिक्कल गाउँपालिका ६ मा अवस्थित जनता आधारभुत विद्यालयको नयाँ भवनको उद्घाटन

रेडियो सिन्धुलीगढी, १६ जेठ २०८२, शुक्रवार ।
सिन्धुलीको फिक्कल गाउँपालिका ६ मा अवस्थित जनता आधारभूत विद्यालयको नयाँ भवनको उद्घाटन गरिएको छ । हिजो विहिवार एक कार्यक्रमका बिच नयाँ ८ कोठे विद्यालय भवनको उद्घाटन गरिएकोे हो ।
उक्त विद्यालय भवन फिक्कल गाउँपालिकाबाट २१ लाख, सेचन करुणाबाट ३० लाख र निर्माण समितिबाट ५ लाख ७० हजार गरि कुल ५६ लाख ७० हजारमा निमार्ण सम्पन्न भएको हो ।
प्रारम्भमा ६ कोठे भवन निर्माण गर्ने योजना भएपनि पछि गाउँपालिकाको निर्णय अनुसार थप २ कोठा निर्माण गरी भवनलाई ८ कोठे बनाइएको गाउँपालिकाले जनाएको छ ।
विद्यालय भवन उद्घाटन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष राजु बराल, प्रमुख प्रशासकीय अधिकृत डम्बर बहादुर रजन मगर, गाउँपालिका प्रवक्ता तथा वडा नं. ६ का अध्यक्ष कुलेन्द्र मगर, वडा नं. २ का अध्यक्ष शंकर बहादुर भण्डारी, विभिन्न विद्यालयका शिक्षक–कर्मचारी, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
.jpeg)
सिन्धुलीमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ हुने
सिन्धुली, १९ जेठ २०८२, सोमवार। सिन्धुलीमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ हुने भएको छ । जेठ २१ गतेदेखि जेठ २७ गतेसम्म सिन्धुलीको कमलामाई नगरपालिका

स्थानीय तह र मानव अधिकार विषयक एक दिने प्रशिक्षण कार्यक्रम फिक्कलमा सम्पन्न
सिन्धुली, १९ जेठ २०८२, सोमवार । सिन्धुलीको फिक्कल गाउँपालिकामा स्थानीय तह र मानव अधिकार विषयक एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

सुनकोशी मरिन बहुउद्देश्यीय डाइभर्सन आयोजनाको बाँकी काम समयमै सम्पन्न गर्न ऊर्जामन्त्री खड्काको आग्रह
रेडियो सिन्धुलीगढी, १८ जेठ २०८२, आईतवार । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सुनकोशी मरिन बहुउद्देश्यीय डाइभर्सन आयोजनाको काम समयमै
प्रतिकृया दिनुहोस