चन्द्रावती मा.वि.बेलघारीको ४२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

रेडियो सिन्धुलीगढी, २१ जेठ २०८२, बुधवार ।
कृष्ण अधिकारी ।
सिन्धुलीको तीनपाटन गाउँपालिका १ बेलघारीमा अवस्थित चन्द्रावती माध्यमिक विद्यालयको ४२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमराज दाहालको अध्यक्षता तथा वडा नम्बर १ का वडाध्यक्ष गोविन्द बहादुर राउतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम हिजो मंगलवार सम्पन्न भएको हो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक चेत बहादुर तामाङ्गले शैक्षिक, भौतिक तथा आगामी वर्षको कार्ययोजना प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने लेखापाल रामहरी घिमिरेले आर्थिक बर्ष २०८०/८१ को १ करोड ३९ लाख ४१ हजार ४६० बराबरको आय व्यय प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा कक्षागत रुपमा प्रथम, द्धितिय, तृतिय हुने विद्यार्थीे, विभिन्न अतिरिक्त क्रियाकलापमा प्रथम, द्धितिय तथा तृतिय हुने र विद्यालयमा नियमित उपस्थिति जनाउँने विद्याथीलाई पुरस्कार प्रदान गरिएको थियो थियो भने उत्कृष्ट शिक्षक, शिक्षिकालाई प्रशंसा पत्रको साथमा सम्मान गरिएको थियो ।
साथै, पदम तोया अक्षयकोष, बुध दिल अक्षयकोषबाट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो भने २०८० सलाको एस.ई.ईमा उत्कृष्ट अङक प्राप्त गर्ने छात्रछात्रलाई पनि पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा अधिकाँश बक्ताहरुले शुभकामना मन्तव्यका क्रममा विद्यालयको शैक्षिक गुणस्तर, भौतिक संरचना र विकासका लागी सबै आआफ्नो ठाउँबाट सकेको सहयोग गर्नु पर्ने बताएका थिए ।
२०१६ सालमा स्थापना भई २०३२ सालमा निमावि सन्चालन भएकोे र २०३७ साल बैशाख २० गते मा.वि. स्विकृत भएको दिनको आधारमा हरेक साल बैशाख २० गते बार्षिकोत्सब मनाउँदै आईएपनि यस विद्यालयमा कक्षा ११ र १२ को परिक्षा केन्द्र तोकिएको हु्दाँ विगत केहि वर्ष अघि देखि जेठ २० गते अभिभावक दिवस मनाउँन थालिएको विद्यालयले जनाएको छ।
कार्यक्रममा पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्र बहादुर दाहाल, तीनपाटन बहुमुखी क्याम्पस भिमस्थानका धन बहादुर थापा, भवानि माध्यमिक विद्यालय भिमस्थानका प्रधानाध्यापक पवनराज दाहाल, विभिन्न राजनितिक दलका प्रतिनिधि, पूर्व विद्याथीहरु, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, विद्यालयमा अध्ययनरत विद्यार्थी लगायत अभिभावकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

सिँचाइका लागी बनाएको पोखरीमा डुबेर सिन्धुलीमा ९ बर्षीया बालिकाको मृत्यु
रेडियो सिन्धुलीगढी, २३ जेठ २०८२, शुक्रवार । जिल्लाको हरिहरपुरगढी गाउँपालिका ३ बनौलीमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । सिँचाइको लागी बनाएको

मरिणमा स्थानीय तह र मानव अधिकार विषयक एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न
रेडियो सिन्धुलीगढी, २३ जेठ २०८२, शुक्रवार । सिन्धुलीको मरिण गाउँपालिकामा स्थानीय तह र मानव अधिकार विषयक एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ

विश्व वातावरण दिवसको अवसरमा चुरे उत्थानशील आयोजना कार्यालय सिन्धुलीद्धारा वृक्षरोपण
रेडियो सिन्धुलीगढी, २२ जेठ २०८२, बिहिवार । चुरे उत्थानशील आयोजना कार्यालय सिन्धुलीले विश्व वातावरण दिवसको अवसरमा वृक्षरोपण कार्यक्रमको आयोजना
प्रतिकृया दिनुहोस