गोलन्जोर गाउँपालिकामा स्थानीय तह र मानव अधिकार विषयक एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, २० जेठ २०८२, मंगलवार ।

सिन्धुलीको गोलन्जोर गाउँपालिकामा स्थानीय तह र मानव अधिकार विषयक एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना तथा राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय हेटौंडाको सहकार्य र स्वाधीन खबरपत्रिकाको  समन्वयमा भएको कार्यक्रम हिजो सोमवार सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकर राज बरालले मानव अधिकार भन्ने शब्द सानो भएपनि यस्को धेरै महत्वपूर्ण भूमिका रहेको बताउनु भएको थियो । उहाँले हरेक नागरिकले आफनो अधिकारको प्रयोग गर्दा अर्काको अधिकारको हन्न गर्न नहुने र सबै नागरिक आफ्नो अधिकार र कर्तव्य प्रति जिम्मेवार हुनु पर्ने वताउँनु भयो ।

कार्यक्रमका सभाध्यक्ष तथा गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक ज्वाला प्रसाद न्यौपानेले नेपालको संविधानमा पनि थुप्रै मानव अधिकारका व्यवस्थाहरु रहेको र अन्तराष्ट्रिय महासन्धीले पनि विषयगत मानव अधिकारका सवाललाई सम्वोधन गरेको बताउनु भयो । यस पालिकामा न्यायिक समितिमा परेका उजुरी मध्ये अधिकाँस मेलमिलाप भएको पनि उहाँले जानकारी दिनु भयो ।

मानव अधिकार प्रशिक्षण कार्यक्रममा गोलन्जोर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त चौधरीले मानव अधिकारको संरक्षण र सम्वर्द्धनका लागि सदैव तत्पर रहेको बताउनु भयो । उहाँले यस पालिकामा नेपाल सरकारको मानव अधिकार सम्बन्धी पाचौं राष्ट्रिय कार्य योजना संयन्त्र यथाशीघ्र गठन गर्ने प्रतिवद्धता जनाउनु भएको थियो । आगामी वर्षको बजेट तर्जुमा गर्दा  लैङ्गिक मैत्री र सिमान्तकृत तथा वहिष्करणमा परेका वर्ग समुदायको मानव अधिकारलाई प्राथमिकतामा राख्ने कुरामा उहाँले जोड दिनु भयो । 

नेपालको संविधानले राज्य शक्तिको प्रयोग संघ, प्रदेश र स्थानीय तहले संविधान तथा कानुन वमोजिम गर्ने उल्लेख गरेको छ । स्थानीय तह जनताको सबै भन्दा नजिकको र जनतालाई प्रत्यक्ष रुपमा सेवा सुविधा उपलब्ध गराउने सरकार मात्र नभई स्थानीय जनताको आवश्यकता वमोजिम कानुन बनाउने तथा न्याय समेत दिने महत्वपूर्ण तह हो । 

नेपालको सन्दर्भमा अधिकार सम्पन्न स्थानीय तहको अभ्यास लामो समय देखि नभएकोले पनि स्थानीय तहले प्राप्त गरेको अधिकारको प्रभावकारी अभ्यास, जनतालाई प्रभावकारी भूमिका निर्वाह गरी स्थानीय तह प्रति जनताको आस्था र विश्वास वृद्धि गरी सामाजिक तथा राजनितिक स्थायित्वमा  मानव अधिकारमैत्री सेवा पुर्‍याउने उद्देश्यले यो प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको स्वागत मनतब्य मार्फत स्वाधिन खबर पत्रिकाका प्रधान सम्पादक रुद्र बहादुर खड्काले जानकारी दिनुभयो ।

मानव अधिकार र सुशासनका सम्बन्धमा सम्बन्धित पक्षलाई जानकारी प्रदान गर्ने, विकास निर्माणको योजना तर्जुमा तथा कार्यान्वयलाई जनसहभागिता मूलक ढंगबाट लागु गर्न जानकारी प्रदान गर्ने,  स्थानीय सरकार र जनताको सम्बन्धलाई सहयोगी र प्रभावकारी बनाउने जानकारी प्रदान गर्ने, स्थानीय सरकारको सेवा प्रवाहलाई प्रभावकारी बनाउने पद्धती बारे जानकारी दिने, मानव अधिकार सम्बन्धी विषय वस्तुगत जानकारी गराउने,  स्थानीय सरकारलाई मानव अधिकार मैत्री बजेट तर्जुमा गर्न उत्प्रेरित गराउने, नेपाल सरकारको मानव अधिकार सम्बन्धि पाचौं राष्ट्रिय कार्य योजना संयन्त्र स्थानीय सरकारले कार्यान्वयन गर्न उत्प्रेरित गराउने,  लैङ्गिक मैत्री र सिमान्तकृत तथा वहिष्करणमा परेका वर्ग समुदायको मानव अधिकारलाई प्राथमिकतामा राख्न उत्प्रेरित गराउने कार्यक्रमको मुख्य उदेश्य रहेको थियो । 

कार्यक्रमका प्रशिक्षकहरु राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय हेटौंडाका प्रमुख एवम उपसचिव पवन कुमार भट्ट र मानव अधिकार अधिकृत रविना घिमिरे लगाएतका व्यक्तिहरुले मानव अधिकार राष्ट्रिय कार्ययोजना  र स्थानीय सरकारको भुमिका, महिला अधिकार र लैङ्गिक विभेद, मेलमिलाप र स्थानीय न्यायिक समितिको भूमिका र संक्रमणकालिन न्याय र मानव अधिकारको अवस्थाको बारेमा सहजीकरण गर्नु भएको थियो ।

प्रशिक्षण कार्यक्रममा कसरी स्थानीय तहमा मानव अधिकारलाई सुनिश्चित गर्न सकिन्छ, स्थानीय तहले योजना तर्जुमा गर्दा कसरी सिमान्तकृत, पछाडिपारिएका, आवाज विहिन तथा राज्यको मुलधारमा आउन नसकेका व्यक्तिको अधिकारको संरक्षण गर्न सक्छ र मानव अधिकारको संरक्षणमा स्थानीय तहको भुमिका के के रहन्छ भन्ने बारेमा जानकारी गराइएको आयोजकले जनाएको छ ।

उक्त कार्यक्रममा स्थानीय तहका जन प्रतिनिधिहरु, नागरिक समाज र कर्मचारी गरि जम्मा ६० जनाको सहभागिता रहेको थियो ।
 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

तीनपाटनमा स्थानीय तह र मानव अधिकार विषयक एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न 

रेडियो सिन्धुलीगढी, २१ जेठ २०८२, बुधवार । सिन्धुलीको तीनपाटन गाउँपालिकामा स्थानीय तह र मानव अधिकार विषयक एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ

radiosindhuligadhhi

चन्द्रावती मा.वि.बेलघारीको ४२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

रेडियो सिन्धुलीगढी, २१ जेठ २०८२, बुधवार । कृष्ण अधिकारी । सिन्धुलीको तीनपाटन गाउँपालिका १ बेलघारीमा अवस्थित चन्द्रावती माध्यमिक विद्यालयको ४२ औँ

radiosindhuligadhhi

२ वटा उद्योग सम्बन्धी विधेयक सर्वसम्मत पारित

हेटौंडा । बागमती प्रदेश सभाले सोमबारको बैठकबाट दुईवटा महत्वपूर्ण विधेयकहरू सर्वसम्मत रूपमा पारित गरेको छ । सोमवार बसेको प्रदेश सभाको बैठकबाट