अनेमसंघ सिन्धुलीको छैटौ जिल्ला सम्मेलनको उद्घाटन

रेडियो सिन्धुलीगढी, ०३ जेठ २०८२, शनिबार ।
नेकपा एमाले निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) सिन्धुलीको छैटौ जिल्ला सम्मेलनको उद्घाटन सत्र सम्पन्न भएको छ । अनेमसंघकी केन्द्रिय अध्यक्ष टुकाभद्र हमालले पानसमा बत्ती बालेर ऐतिहासिक छैटौ सम्मेलनको उद््घाटन गर्नु भएको थियो ।
कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुर्दै केन्द्रिय अध्यक्ष टुकाभद्र हमालले निरङकुश राणा शासन अन्त्यका लागी अग्रजहरुले गरेको योगदान भुल्न नहुने बताउँनु भयो । उहाँले अखिल नेपाल महिला संघको उदेश्य विपरित कार्य गर्ने छुट कसैलाई नभएको बताउँनु भयो । अनेमसंघले नेतृत्व निर्माण, वैचारिक क्षमता विकास, महिलाको पक्षमा वकालत लगायत महत्वपुर्ण कार्यहरु गरेको वताउँनु भयो ।
अनेमसंघ बागमती प्रदेश कमिटि अध्यक्ष बिमला शर्माले यस संघले गरेको आन्दोलनका कारण अहिले ३३ प्रतिशत अधिकार प्राप्त भएको बताउँनु भयो ।
कार्यक्रममा अखिल नेपाल महिला संघलाई आजको अवस्थामा पुर्याउन योगदान गर्नुहुने पुर्व अध्यक्ष शुकमाया तामाङ लगायतलाई सम्मान गरिएको थियो ।
अनेमसंघ सिन्धुलीकी अध्यक्ष पार्वती भट्टराईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेकपा एमाले सिन्धुली जिल्ला ईन्चार्ज मनोजजँग थापा, नेकपा एमाले केन्द्रिय सदस्यहरु उमा कोईराला, गणेश कुमार पहाडी, बिषमलाल अधिकारी, कमलजंग राई, नीर कुमारी दर्लामी, बागमती प्रदेश कमिटि सदस्यहरु प्रदिप कटुवाल, शुकमाया तामाङ, नेकपा एमाले सिन्धुली जिल्ला अध्यक्ष महेन्द्रदेव श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सम्मेलन नयाँ नेतृत्व चयन गर्दै आजै सकिने बताइएको छ ।

अनेमसंघ सिन्धुलीको छैटौ जिल्ला सम्मेलन भोलि हुने
रेडियो सिन्धुलीगढी, ०२ जेठ २०८२, आईतवार । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) सिन्धुलीको छैटौ जिल्ला सम्मेलन भोलि (सोमबार) हुने भएको छ ।

लोकतान्त्रिक चोकमा एमाले सिन्धुलीले ग¥यो जागरणसभा
सिन्धुली १८ चैत २०८१ । नेकपा (एमाले) जिल्ला कमिटी सिन्धुलीले जागरण सभाको आयोजना गरेको छ । लोकतान्त्रिक गणतन्त्रको संरक्षण र संवर्द्धनका

एमाले सिन्धुलीले जागरणसभा गर्ने
सिन्धुली । मूलुकमा राजावादीहरुको अराजकता बढेपछि नेकपा एमाले सिन्धुलीले आगामी चैत्र १८ गते सिन्धुलीमा जागरणसभा गर्ने भएको छ । एमाले सिन्धुलीको
प्रतिकृया दिनुहोस