अनेमसंघ सिन्धुलीको छैटौ जिल्ला सम्मेलन भोलि हुने

radiosindhuligadhhi


रेडियो सिन्धुलीगढी, ०२ जेठ २०८२, आईतवार ।

नेकपा एमाले निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) सिन्धुलीको छैटौ जिल्ला सम्मेलन भोलि (सोमबार) हुने भएको छ । अनेमसंघ केन्द्रिय अध्यक्ष टुकाभद्र हमालको प्रमुख आतिथ्यतामा सम्मेलनको उद्घाटन गरिने छ । 

अनेमसंघ सिन्धुलीले आज पत्रकार सम्मेलनको आयोजना गर्दै भोलि हुने सम्मेलनको सबै तयारी सकिएको जनाएको छ । 

सम्मेलनमा आयोजक, प्रतिनिधि तथा परिवेक्षक, आमन्त्रित अतिथि गरि लगभग ५ सय जनाको सहभागीता रहने अनेमसंघ सिन्धुलीकी अध्यक्ष पार्वती भट्टराईले पत्रकार सम्मेलन मार्फत जनाईन् । सम्मेलनका लागी ३ लाख खर्च हुने अनुमान गरिएको उनले वताईन् ।

अनेमसंघ सिन्धुलीको पाँचौ अधिवेशन २०७९ भदौ ४ र ५ गते सम्पन्न भएको थियो । अनेमसंघले स्थापनाकाल देखिनै महिला हक, अधिकार र महिला मुक्तिका लागी निरन्तर आवाज उठाउँदै आएको छ ।  

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

अनेमसंघ सिन्धुलीको छैटौ जिल्ला सम्मेलनको उद्घाटन 

रेडियो सिन्धुलीगढी, ०३ जेठ २०८२, शनिबार । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) सिन्धुलीको छैटौ जिल्ला सम्मेलनको उद्घाटन सत्र सम्पन्न भएको छ

radiosindhuligadhhi

लोकतान्त्रिक चोकमा एमाले सिन्धुलीले ग¥यो जागरणसभा 

सिन्धुली  १८ चैत २०८१ ।   नेकपा (एमाले) जिल्ला कमिटी सिन्धुलीले जागरण सभाको आयोजना गरेको छ । लोकतान्त्रिक गणतन्त्रको संरक्षण र संवर्द्धनका

radiosindhuligadhhi

एमाले सिन्धुलीले जागरणसभा गर्ने

सिन्धुली । मूलुकमा राजावादीहरुको अराजकता बढेपछि नेकपा एमाले सिन्धुलीले आगामी चैत्र १८ गते सिन्धुलीमा जागरणसभा गर्ने भएको छ । एमाले सिन्धुलीको