कमलामाई नगरपालिकाद्धारा नगरभित्रका कृषकलाई कृषि औजार वितरण 

radiosindhuligadhhi


रेडियो सिन्धुलीगढी, १२ असार २०८१, बुधबार । 

सिन्धलीको कमलामाई नगरपालिकाले नगरभित्रका कृषकलाई कृषि औजार वितरण गरेको छ । कृषि शाखाको आयोजनामा आर्थिक बर्ष २०८०÷०८१ को वार्षिक स्वीकृत कृषि यान्त्रिकरण वितरण (साझेदारी) कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा कृषकलाई कृषि औजार वितरण गरिएको हो ।

आज बुधबार नगरभित्रका ३१ जना कृषकलाई २२ थान मिनि टिलर, ३ थान पावर टिलर, ३ थान रिपर र ३ थान मल्टी क्राप थ्रेशर वितरण गरिएको नगरपालिकाले जनाएको छ । कृषि प्रणालीलाई आधुनिकीकरण तर्फ उन्मुख गराउँन, कृषि उपजको उत्पादन वृद्धि र लागत घटाउने उद्देश्यले कृषि कार्यमा किसानलाई सहयोग पु¥याउने औजार वितरण गरिएको हो । नगरपालिकाले विगतका सालहरुदेखिनै कृषि उपकरणहरु वितरण गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

सिन्धुलीमा प्रदेश स्तरीय महिला कृषि उद्यम मेला हुदै 

रेडियो सिन्धुलीगढी, २१ फागुन २०८१, बुधबार । सिन्धुलीको कमलामाई नगरपालिका ६ खुल्ला मञ्चमा प्रदेश स्तरीय महिला कृषि उद्यम मेला हुने भएको छ । सौगात

radiosindhuligadhhi

सिन्धुलीको तीन पालिकाका कृषकहरुलाई जलवायु मैत्री कृषि प्रणाली सम्बन्धी तालिम प्रदान

रेडियो सिन्धुलीगढी, ११ पुष २०८१, बिहिबार । स्थानीय अगुवा कृषकहरुलाई जलवायु मैत्री कृषि प्रणाली सम्बन्धी तिन दिने तालिम सिन्धुलीको ३ पालिकाहरुमा

radiosindhuligadhhi

२१ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव २०८१ सिन्धुलीमा पनि मनाईयो

रेडियो सिन्धुलीगढी, १५ असार २०८१, शनिबार ।  २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव २०८१ सिन्धुलीमा पनि भव्यताका साथ मनाईएको छ ।