सिन्धुलीमा प्रदेश स्तरीय महिला कृषि उद्यम मेला हुदै

रेडियो सिन्धुलीगढी, २१ फागुन २०८१, बुधबार ।
सिन्धुलीको कमलामाई नगरपालिका ६ खुल्ला मञ्चमा प्रदेश स्तरीय महिला कृषि उद्यम मेला हुने भएको छ । सौगात लघु उद्यम सहकारी संस्था लिमिटेड सिन्धुलीको आयोजना तथा कमलामाई नगरपालिका, कृषि विकास कार्यालय, उद्योग वाणिज्य कार्यालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोग र मुना कृषि लिमिटेड ललितपुरको प्राविधिक सहयोगमा मेला संचालन हुन लागेको हो ।
आज पत्रकार भेटघाट कार्यक्रम मार्फत मेला यहि फागुन २३, २४ र २५ गते ३ दिन संचालन हुने आयोजक समितिले जनाएको छ ।
बागमती प्रदेश अन्तर्गतका १३ वटै जिल्ला स्तरमा कृषिमा आधारित उत्पादन तथा उद्यमीहरुलाई आफ्नो व्यवसायको प्रवद्र्धन गर्न, उत्पादनमा प्रोत्साहन गर्न, सिप प्रविधि र दक्षताको अनुभवको आदान प्रदान गर्न, उत्पादित एंव प्रशोधित कृषिजन्य बस्तुहरुको बजारिकरणसँग नीतिगत सहजीकरण गर्न, महिलाको समभागिता, व्यवसायिक सिप र क्षमताको अभिवृद्धि र कृषि उपजहरुलाई उद्यमशीलता मार्फत राम्रो मुल्य प्राप्त गर्ने उपायहरुको जानकारी दिने उदेश्यले प्रदेश स्तरीय महिला उद्यमी मेलाको आयोजना गरिएको हो ।
मेलाको लगभग १० हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको आयोजना समितिका सदस्य एंव प्राविधिक कार्यान्वयनकर्ता सीता पाण्डेले जानकारी दिनु भयो ।
मेलाको पर्सि शुक्रबार कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र कुमार पोखरेलले उद्घाटन गर्नु हुने छ ।

सिन्धुलीको तीन पालिकाका कृषकहरुलाई जलवायु मैत्री कृषि प्रणाली सम्बन्धी तालिम प्रदान
रेडियो सिन्धुलीगढी, ११ पुष २०८१, बिहिबार । स्थानीय अगुवा कृषकहरुलाई जलवायु मैत्री कृषि प्रणाली सम्बन्धी तिन दिने तालिम सिन्धुलीको ३ पालिकाहरुमा

२१ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव २०८१ सिन्धुलीमा पनि मनाईयो
रेडियो सिन्धुलीगढी, १५ असार २०८१, शनिबार । २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव २०८१ सिन्धुलीमा पनि भव्यताका साथ मनाईएको छ ।

कमलामाई नगरपालिकाद्धारा नगरभित्रका कृषकलाई कृषि औजार वितरण
रेडियो सिन्धुलीगढी, १२ असार २०८१, बुधबार । सिन्धलीको कमलामाई नगरपालिकाले नगरभित्रका कृषकलाई कृषि औजार वितरण गरेको छ । कृषि शाखाको आयोजनामा
प्रतिकृया दिनुहोस