सिन्धुलीको तीन पालिकाका कृषकहरुलाई जलवायु मैत्री कृषि प्रणाली सम्बन्धी तालिम प्रदान

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, ११ पुष २०८१, बिहिबार ।

स्थानीय अगुवा कृषकहरुलाई जलवायु मैत्री कृषि प्रणाली सम्बन्धी तिन दिने तालिम सिन्धुलीको ३ पालिकाहरुमा सम्पन्न भएको छ । कमलामाई नगरपालिका वडा नं. १२, कवासे,  दुधौली नगरपालिका वडा नं ३ निपाने र मरिण गाउँपालिका वडा नं. ७ जयगमंगलका ६१ जना कृषकहरुलाई जलवायु मैत्री कृषि प्रणाली सम्बन्धी तालिम प्रदान गरिएको हो । 

पछिल्लो समय बाली उत्पादनको नाममा बड्दो रासायनिक बिषादीको चरम प्रयोगले वातावरणको नास हुनुका साथै जमिनलाई प्रत्यक्ष रुपमा असर भई क्षती भइरहेका तथा कृषकहरुले कम सयमा धेरै उत्पादन र छिटो उत्पादनको हुटहुटीले प्रयोग गर्ने बिभिन्न बिषादीले जमिनलाई प्रत्यक्ष क्षती पुगिरहेको हुँदा यसको न्युनिकरणमा सहयोग पुग्ने मुख्य उदेश्यले तालिम प्रदान गरिएको हेण्ड्स नेपाल सिन्धुलीको परियोजना संयोजक रामानन्द बैठाले जानकारी दिनु भयो । 

कृषकहरुले जमिनलाई कम क्षति गरी बाली उत्पादन गरे प्रकृति र वातावराणमा असर पर्ने बारे कृषकहरुलाई तालिममा सचेत गराईएको थियो । तालिममा वाली उत्पादनको क्रममा सामान्य रोगकै कारण बिषादी प्रयोग गरिहाल्नु नपर्ने, सकेसम्म बिषादीको प्रयोग नै नगर्ने यदि गर्नै परेपनि अन्तिम बिकल्पको रुपमा कम बिशाक्त भएको बिषादीको प्रयोग गर्नु पर्ने जानकारी दिईएको छ । 

स्थानीय सामाग्रीको प्रयोग गरी विषादी बनाएर बालीमा प्रयोग गरे मानव स्वास्थ साथै बातावरण मैत्री रुपमा बाली उत्पादन हुने जनाईएको छ । अबका दिनमा कृषकहरुले जलवायुमैत्री प्रबिधि अपनाएर स्थानीय तथा रैथाने बालिको उत्पादनमा नयाँ प्रविधि र नयाँ ढँगले सुरुवात गर्ने प्रतिवद्धता जनाएका छन् ।

जलवायु मैत्री कषि (क्लाईमेट स्मार्ट एग्रिकल्चर) दिगो कृषि विकासको एउटा पद्धति हो जसले दिगो विकासका तीनै आयामहरू (आर्थिक, सामाजिक, र वातावरणीय) लाई एकिकृत गराई खाद्य सुरक्षा र जलवायुजन्य चुनौतीहरूको सम्बोधन गर्न मद्दत पुर्याउँछ । अर्थात जलवायु मैत्री कृषि पद्धतिले जलवायु परिवर्तनको संघारमा खाद्य सुरक्षाका लागि कृषि क्षेत्रको विकासलाई दिगो बनाउन मद्दत गर्छ जसले गर्दा कृषि उत्पादनमा बृद्धि हुन्छ, कृषि क्षेत्र जलवायु परिवर्तनसँग अनुकुल हुन्छ र कृषि क्षेत्रले न्यून कार्वन उत्सर्जनको बाटो लिएको हुन्छ । 

प्लान इन्टरनेशनल नेपाल र मानव तथा राष्ट्रिय विकास समाज (हयाण्ड्स) नेपाल सिन्धुलीको साझेदारीमा संचालीत गल्र्स स्ट्याण्डीङ स्ट्रोङ जि.एस.एस परियोजना अन्तर्गत संचालन भएको तालिमको सहजीकरण स्थानीय सरकारका कृषी प्राविधिकहरुले गरेका थिए । 

तालिम पुष ७ गते देखी ९ गते सम्म कमलामाई नगरपालिका वडा नं. १२ कवासे र मरिण गाउँपालिका वडा नं. ७ जयमंगलमा संचालन भएको थियो भने पुष ८ देखी १० गतेसम्म दुधौली नगरपालिका वडा नंं ३ तालिम संचालन भएको थियो ।
 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

सिन्धुलीमा प्रदेश स्तरीय महिला कृषि उद्यम मेला हुदै 

रेडियो सिन्धुलीगढी, २१ फागुन २०८१, बुधबार । सिन्धुलीको कमलामाई नगरपालिका ६ खुल्ला मञ्चमा प्रदेश स्तरीय महिला कृषि उद्यम मेला हुने भएको छ । सौगात

radiosindhuligadhhi

२१ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव २०८१ सिन्धुलीमा पनि मनाईयो

रेडियो सिन्धुलीगढी, १५ असार २०८१, शनिबार ।  २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव २०८१ सिन्धुलीमा पनि भव्यताका साथ मनाईएको छ ।

radiosindhuligadhhi

कमलामाई नगरपालिकाद्धारा नगरभित्रका कृषकलाई कृषि औजार वितरण 

रेडियो सिन्धुलीगढी, १२ असार २०८१, बुधबार ।  सिन्धलीको कमलामाई नगरपालिकाले नगरभित्रका कृषकलाई कृषि औजार वितरण गरेको छ । कृषि शाखाको आयोजनामा