२१ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव २०८१ सिन्धुलीमा पनि मनाईयो

रेडियो सिन्धुलीगढी, १५ असार २०८१, शनिबार ।
२१ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव २०८१ सिन्धुलीमा पनि भव्यताका साथ मनाईएको छ । “जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि“ भन्ने नाराका साथ जिल्लाको कमलामाई नगरपालिकाको आयोजना तथा क.न.पा ५ मा रहेको जनज्योति मा.वि. फोस्रेटारको सहकार्यमा धान रोपेर धान दिवस तथा रोपाई महोत्सव मनाईएको हो ।
कार्यक्रममा कला घर सिन्धुलीले रोपाइमा खास महत्व रहेको पन्चेबाजा परम्परालाई निरन्तरता दिन मौलिक भाका पन्चेबाजा प्रस्तुत गरेको थियो । नगर प्रमुख उपेन्द्र कुमार पोखरेल, उप–प्रमुख मन्जु देवकोटा ,वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, शिक्षकहरू, कर्मचारीहरू, कृषक र विद्यार्थीहरुको उपस्थितिमा धान रोपेर दिवस मनाईएको नगरपालिकाले जनाएको छ ।
यस्तै, कमलामाई नगरपालिका ४ खट्टार शिवालयमा कोइलादेवी महिला कृषक समुहको व्यबस्थापन र कृषि विकास कार्यालयको आयोजनामा जिल्ला समन्वय समिती सिन्धुलीका प्रमुख कारसाङ लामाको अध्यक्षतामा रोपाँई महोत्सव मनाईएको छ । जिल्लाको मरिण, फिक्कल गाउँपालिका लगायत अन्य पालिकाहरुले पनि राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव २०८१ भव्य रुपमा मनाएका छन् ।

सिन्धुलीमा प्रदेश स्तरीय महिला कृषि उद्यम मेला हुदै
रेडियो सिन्धुलीगढी, २१ फागुन २०८१, बुधबार । सिन्धुलीको कमलामाई नगरपालिका ६ खुल्ला मञ्चमा प्रदेश स्तरीय महिला कृषि उद्यम मेला हुने भएको छ । सौगात

सिन्धुलीको तीन पालिकाका कृषकहरुलाई जलवायु मैत्री कृषि प्रणाली सम्बन्धी तालिम प्रदान
रेडियो सिन्धुलीगढी, ११ पुष २०८१, बिहिबार । स्थानीय अगुवा कृषकहरुलाई जलवायु मैत्री कृषि प्रणाली सम्बन्धी तिन दिने तालिम सिन्धुलीको ३ पालिकाहरुमा

कमलामाई नगरपालिकाद्धारा नगरभित्रका कृषकलाई कृषि औजार वितरण
रेडियो सिन्धुलीगढी, १२ असार २०८१, बुधबार । सिन्धलीको कमलामाई नगरपालिकाले नगरभित्रका कृषकलाई कृषि औजार वितरण गरेको छ । कृषि शाखाको आयोजनामा
प्रतिकृया दिनुहोस