सुनकोसी गाउँपालिकाले बर्थिङ सेन्टरमा सुत्केरी गराउँने महिलाहरुलाई प्रोत्साहन स्वरुप भत्ता उपलब्ध गराउँने

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, ०६ असोज २०८०, शनिबार सिन्धुलीको सुनकोसी गाउँपालिकाले बर्थिङ सेन्टरमा सुत्केरी हुने महिलाहरुलाई प्रोत्साहन स्वरुप भत्ता प्रदान गर्ने भएको छ । चालु आर्थिक बर्ष २०८० ८१ मा गाउँपालिकाद्धारा विनियोजन बजेट अन्तर्गत सुत्केरीलाई प्रोत्साहन गर्ने उदेश्यले बर्थिङ सेन्टरमा सुत्केरी हुने महिलाहरुलाई अध्यक्ष प्रोत्साहन भत्ता प्रदान गर्न लागेको हो ।

गाउँपालिका भित्रका बर्थिँग सेन्टरहरुमा सुत्केरी सेवा लिन आउँने सेवाग्राहीहरुले प्रोटोकल बमोजिम आठ पटक गर्भ जाँच र ४ पटक सुत्केरी जाँच गरेमा मात्र प्रोत्साहन स्वरुप १ हजार ५ सय रुपैया भत्ता प्रदान गरिने गाउँपालिकाले एक सूचना जारी गदै जानकारी दिएको छ ।

साथै, गाउँपालिकाले सुरक्षित मातृत्व सेवा लिनका प्रोत्साहन गर्न र सबै बथिर्गँ सेन्टरहरुले सेवा लिएको विवरण सेवा कार्ड तथा सेवा रजिस्टरमा अद्यावधिक गरि मापदण्ड पुगेका सेवाग्राहीहरुलाई सेवा लिएको प्रमाण र संस्थागत सुत्केरी भएको प्रमाण सहित रकम भुक्तानीका लागी सिफारिस गरि पठाउँन सबै स्वास्थ्य संस्थाहरुलाई अनुरोध पनि गरेको छ ।

 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

सिन्धुलीमा एचपिभि खोप अभियान सुरु

  रेडियो सिन्धुलीगढी, २२ माघ २०८१, मंगलबार । सिन्धुलीमा पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन पापिलोमा भाइरस (एचपिभी) खोप अभियानको शुभारम्भ

radiosindhuligadhhi

सिन्धुलीका १४ हजार बढी किशोरीहरुलाई एचपिभि खोप लगाईने

रेडियो सिन्धुलीगढी, १४ माघ २०८१, सोमबार । सिन्धुलीका १४ हजार ६ सय २२ जना किशोरीलाई महिलाहरूमा हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन

radiosindhuligadhhi

हरिहरपुरगढीमा सुरक्षित मातृत्व तथा नवशिशु स्वास्थ्य सेवाको सुनिश्चतता सम्बन्धी वडा स्तरीय पैरवी गोष्ठी सम्पन्न 

रेडियो सिन्धुलीगढी, २३ पुष २०८१, मंगलबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा सुरक्षित मातृत्व तथा नवशिशु स्वास्थ्य सेवाको सुनिश्चतता सम्बन्धी