गोलन्जोर गाउपालिका ४ तल्लो ढुग्रे मा हिजो सोमवार दिउसो १ बजे घर आगलागी

radiosindhuligadhhi

सिन्धुलीको गोलन्जोर गाँउपालिका ४ तल्लो ढुंग्रेमा हिजो सोमवार दिउसो १ बजे घर आगलागी भएको छ । स्थानिय देव बहादुर खपाङ्गी मगरको खरको छानो भएको घरमा दिउँसो १ बजेदेखि आगो लाग्दा घर जलेर नष्ट भएको छ, भने घर भित्रका सबै आधारभुत तथा आवश्यक सामानहरु पनि जलेर नष्ट भएको स्थानिय सन्त बहादुर सिजाली मगरले बताउनु भएको छ ।

आगो नियन्त्रणमा आउन नसके पछि स्थानिय बासिन्दाको सहायताले आगोलाइ बेलुका ४ बजे नियन्त्रण गरिएको हो । आगलागि हुँदा खपागीको घर भित्र भएको २० हजार बराबरको लत्ताकपडा, ३० हजार बराबरको सोलार प्यानल, ४ लाख बराबरको अन्नपात, ५० हजार नगद र ८ लाख खर्चिएर बनाइएको बस्ने घर जलेर नष्ट भएको खपाङ्गी बताउहुन्छ ।

पिडित खपाङ्गीका अनुसार आगलागी सोलारको तार सर्ट भएर भएको हुनसक्ने बताईएको छ । खपाङ्गीको जम्मा ३ जना परिवार छन् धनजन्य क्षति भए पनि मानविय क्षति भने नभएको स्थानियहरुले बताएका छन । 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

अंग्रेजी विषय अध्यापन गराउने शिक्षकहरुका लागि ३ दिने तालिम

रेडियो सिन्धुलीगढी,११ असोज २०७८, सोमबार/ मरिण गाँउपालिकामा अंग्रेजी विषय अध्यापन गराउने शिक्षकहरुका लागि ३ दिने तालिम आजबाट सुरु भएको छ । “पुर्ण

radiosindhuligadhhi

दक्षिणकाली समिल उद्योगको उत्घाटन संगै संचालन सुरु

रेडियो सिन्धुलीगढी, २० भाद्र २०७८, आईतबार/ कमलामाई नगरपालिका ५ सिलामेमा रहेको दक्षिणकाली समिल उद्योग संचालनमा आएको छ । गोलिया काठ चिरानको लागि उद्योग

radiosindhuligadhhi

कृषि ज्ञान केन्द्र सिन्धुलीले आर्थिक वर्ष ०७८÷७९ मा ३८ वटा कृषिका कार्यक्रम संचालन गर्नेे

रेडियो सिन्धुलीगढी, ०४ भाद, शुक्रबार/ कृषि ज्ञान केन्द्र सिन्धुलीले आर्थिक वर्ष ०७८÷७९ मा विभिन्न ३८ वटा कृषिका कार्यक्रम संचालन गर्ने भएको छ ।