दक्षिणकाली समिल उद्योगको उत्घाटन संगै संचालन सुरु

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, २० भाद्र २०७८, आईतबार/ कमलामाई नगरपालिका ५ सिलामेमा रहेको दक्षिणकाली समिल उद्योग संचालनमा आएको छ । गोलिया काठ चिरानको लागि उद्योग संचालन सुरु गरिएको हो । दक्षिणकाली समिल उद्योग कमलामाई नगरपालिका ५ सिन्धुलीको आयोजनामा आज एक कार्यक्रम गर्दै समिल उद्योगको उद्घाटन गरिएको छ ।दक्षिणकाली समिल उद्योगका अध्यक्ष कृष्ण प्रसाद कालाखेतीको अध्यक्षता तथा कमलामाई नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर खत्रिको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो ।

५० लाख बराबरको लगानीमा समिल उद्योग निर्माण गरिएको उद्योग संचालक तुला गुरुङले बताउनुभयो । उहाँका अनुसार उक्त समिलमा तालिम प्राप्त ५० जना स्थानिय युवाहरुले रोजगार पाउने भएका छन् ।

कार्यक्रमका प्रमुख अथिति तथा नगर प्रमुख खड्ग बहादुर खत्रिले उद्घाटन कार्यक्रममा बोल्नुहुँदै जिल्लाको वनजगंलमा रहेका पुराना काठहरुको सदुपयोग हुने बताउनुभयो । साथै उहाँले नगरपालिकाबाट गर्नुपर्ने सहयोग जुनसुकै बेला पनि गर्ने प्रतिबद्धता जनाउनुभयो । नगरप्रमुख खत्रिले अब सुकेका काठहरु काम नलाग्ने भन्दै छाड्ने र राम्रा रुखहरुको प्रयोग गर्ने कार्यको अन्त्य हुने भन्दै दक्षिणकाली समिल उद्योग परिवार प्रति धन्यबाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा विशिष्ट आतिथ्यताको रुपमा कमलामाई नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष पूर्ण बहादुर खत्रि, डिभिजन वन कार्यालय सिन्धुलीका डिभिजनल बन अधिकृत थिर बहादुर कार्की सहभागि हुनुभएको थियो । यस्तै, समाजसेवि तथा युवा नेता सुर्य बहादुर पाख्रिन, कमल पोख्रेल, सामुदायिक उपभोक्ता महासंघ बागमती प्रदेश नेपालका उपाध्यक्ष कृष्ण बहादुर श्रेष्ठको उपस्थिति रहेको थियो । 
 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

गोलन्जोर गाउपालिका ४ तल्लो ढुग्रे मा हिजो सोमवार दिउसो १ बजे घर आगलागी

सिन्धुलीको गोलन्जोर गाँउपालिका ४ तल्लो ढुंग्रेमा हिजो सोमवार दिउसो १ बजे घर आगलागी भएको छ । स्थानिय देव बहादुर खपाङ्गी मगरको खरको छानो भएको घरमा

radiosindhuligadhhi

अंग्रेजी विषय अध्यापन गराउने शिक्षकहरुका लागि ३ दिने तालिम

रेडियो सिन्धुलीगढी,११ असोज २०७८, सोमबार/ मरिण गाँउपालिकामा अंग्रेजी विषय अध्यापन गराउने शिक्षकहरुका लागि ३ दिने तालिम आजबाट सुरु भएको छ । “पुर्ण

radiosindhuligadhhi

कृषि ज्ञान केन्द्र सिन्धुलीले आर्थिक वर्ष ०७८÷७९ मा ३८ वटा कृषिका कार्यक्रम संचालन गर्नेे

रेडियो सिन्धुलीगढी, ०४ भाद, शुक्रबार/ कृषि ज्ञान केन्द्र सिन्धुलीले आर्थिक वर्ष ०७८÷७९ मा विभिन्न ३८ वटा कृषिका कार्यक्रम संचालन गर्ने भएको छ ।