दुध तथा दुग्धजन्य पदार्थको आफुखुसी मूल्य वृद्धि नगर्न व्यापारीहरुलाई जिल्ला प्रशासन कार्यालय सिन्धुलीको आग्रह

रेडियो सिन्धुलीगढी, २८ भदौ २०८३, आईतबार ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीले दुध तथा दुग्धजन्य पदार्थको मूल्य आफूखुसी वृद्धि गरी बिक्री वितरण नगर्न व्यापारीहरूलाई आग्रह गरेको छ । नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी आफु खुसी मूल्य बढाएर बिक्री वितरण गरी उपभोक्ताको हक हित विपरीतको कार्य गरेको गुनासो प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले हिजो (शनिबार) एक सूचना जारी गर्दै व्यापारीहरुलाई यस्तो आग्रह गरेको हो ।
नेपाल सरकार वा सम्बन्धित निकायको आधिकारिक निर्णयबिना दुध वा दुग्घ व्यवसायसँग सम्बन्धित कारोबार गर्ने व्यापारिक फर्म, कम्पनी, व्यक्ती वा संस्थालाई आफूखुसी मूल्य वृद्धि गरी कालोबजारी, उपभोक्ताको हक हित संरक्षण विपरितका कार्य नर्गन सूचनामा भनिएको छ । यस्तो कार्य गरेको पाईएमा कालोबजारी तथा सामाजिक अपराधका रूपमा प्रचलित कानुनबमोजिम कारबाही गरिने कार्यालयले जनाएको छ ।
दुध तथा दुग्ध व्यवसायसँग सम्बन्धित कुनै गुनासो वा उजुरी भए लिखित, मौखिक, इमेल, फोन वा स्वयं उपस्थित भएर जानकारी गराउन प्रशासनले सर्वसाधारणलाई सुचना मार्फत अनुरोध गरेको छ ।


बाढीपीडितका लागि सिड्स नेपाल र अध्यक्ष घिमिरेद्वारा १ लाख २ हजार सहयोग
रेडियो सिन्धुलीगढी, २५ भदौ २०८३, बिहिबार । गत भदौ १० गते भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि सिड्स नेपाल सिन्धुलीले आर्थिक

स्कुटर र मोटरसाइकल चोरी मुद्दाका फरार प्रतिवादी एक वर्षपछि पक्राउ
रेडियो सिन्धुलीगढी, २५ भदौ २०८३, बिहिबार । स्कुटर र मोटरसाइकल चोरी मुद्दामा अदालतबाट कैद तथा जरिवाना तोकिएपछि फरार रहेका एक प्रतिवादीलाई जिल्ला

प्लान र ह्याण्ड्स नेपालद्धारा चालु आवमा कमलामाईमा संचालन हुने परियोजनाहरुको प्रारम्भिक बैठक सम्पन्न
रेडियो सिन्धुलीगढी, २५ भदौ २०८३, बिहिबार । प्लान इन्टरनेश्नल नेपाल र मानव तथा राष्ट्रिय विकास समाज (ह्याण्ड्स) नेपाल सिन्धुलीद्वारा जिल्लाको कमलामाई





प्रतिकृया दिनुहोस