अंग्रेजी विषय अध्यापन गराउने शिक्षकहरुका लागि ३ दिने तालिम

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी,११ असोज २०७८, सोमबार/ मरिण गाँउपालिकामा अंग्रेजी विषय अध्यापन गराउने शिक्षकहरुका लागि ३ दिने तालिम आजबाट सुरु भएको छ ।

“पुर्ण साक्षर मरिण गाउँपालिका, विद्यालय बाहिर छैनन् कोही बालबालिका” भन्ने नाराका साथ मरिण गाउँपालिकाको आयोजनामा तालिम सुरु भएको हो ।

मरिण गाँउपालिकाले हरेक वर्ष अंग्रेजी विषय अध्यापन गराउने शिक्षकहरुलाई दिदै आएको तालिममा यसवर्ष कक्षा ४ मा अंग्रेजी विषय अध्यापन गराउने शिक्षकहरूका लागि तालिमको आयोजना गरिएको मरिण गाउँपालिकाका प्राविधिक सहायक यज्ञ बहादुर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार गाँउपालिकाका हरेक विद्यालयमा अंग्रेजी विषय अध्यापन गर्न थप सहज हुने भएकाले तालिमको संचालन गरिएको हो ।

तालिम उद्घाटन कार्यक्रममा मरिण गाउँपालिकाका उपाध्यक्ष संगीता माझी, वडा नम्बर ६ का वडा अध्यक्ष कुर्साङ लामा, शिक्षा प्रमुख नवराज बराल, सूचना प्रविधि अधिकृत विनय सुयाललगाएतको सहभागिता रहेको थियो ।
तालिममा मरिण गाउँपालिकाका ३४ वटा विद्यालयका कक्षा ४ मा अंग्रेजी विषय अध्यापन गराउने शिक्षकहरुको सहभागिता रहेको छ ।

तालिमको सहजिकरण कमलामाई नगरपालिकाका शिक्षा शाखा फोकल पर्सन जगत आलेले गर्नुभएको छ, भने कार्यक्रमको संचालन यज्ञ बहादुर श्रेष्ठले गर्नुभएको थियो । तालिम १३ गते सम्म संचलन हुनेछ ।  
 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

गोलन्जोर गाउपालिका ४ तल्लो ढुग्रे मा हिजो सोमवार दिउसो १ बजे घर आगलागी

सिन्धुलीको गोलन्जोर गाँउपालिका ४ तल्लो ढुंग्रेमा हिजो सोमवार दिउसो १ बजे घर आगलागी भएको छ । स्थानिय देव बहादुर खपाङ्गी मगरको खरको छानो भएको घरमा

radiosindhuligadhhi

दक्षिणकाली समिल उद्योगको उत्घाटन संगै संचालन सुरु

रेडियो सिन्धुलीगढी, २० भाद्र २०७८, आईतबार/ कमलामाई नगरपालिका ५ सिलामेमा रहेको दक्षिणकाली समिल उद्योग संचालनमा आएको छ । गोलिया काठ चिरानको लागि उद्योग

radiosindhuligadhhi

कृषि ज्ञान केन्द्र सिन्धुलीले आर्थिक वर्ष ०७८÷७९ मा ३८ वटा कृषिका कार्यक्रम संचालन गर्नेे

रेडियो सिन्धुलीगढी, ०४ भाद, शुक्रबार/ कृषि ज्ञान केन्द्र सिन्धुलीले आर्थिक वर्ष ०७८÷७९ मा विभिन्न ३८ वटा कृषिका कार्यक्रम संचालन गर्ने भएको छ ।