कृषि ज्ञान केन्द्र सिन्धुलीले आर्थिक वर्ष ०७८÷७९ मा ३८ वटा कृषिका कार्यक्रम संचालन गर्नेे

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, ०४ भाद, शुक्रबार/ कृषि ज्ञान केन्द्र सिन्धुलीले आर्थिक वर्ष ०७८÷७९ मा विभिन्न ३८ वटा कृषिका कार्यक्रम संचालन गर्ने भएको छ । शुक्रबार कृषि ज्ञान केन्द्र सिन्धुलीको आर्थिक वर्ष ०७८÷७९को स्वीकृत वार्षिक कार्यक्रम सार्वजनिकरण कार्यक्रममा एक वर्षको अवधिमा जिल्लामा कृषिका विभिन्न ३८ वटा कार्यक्रम संचालन गर्ने जानकारी दिएको हो । 

कृषि ज्ञान केन्द्रले आर्थिक वर्ष ०७८÷८९ मा ६ करोड ५३ लाख ७१ हजार लागतमा ५० प्रतिशत लागत साझेदारीमा विभिन्न खेती विस्तार गर्ने, साना सिंचाइ, सामुहिक खेती प्रबर्धन, तरकारी खेती लगाएत विभिन्न तालिमका आयोजना गर्ने जानकारी दिएको छ । यस्तै जिल्लामा  संघिय तर्फको १ करोड ४१ लाखको कृषिका कार्यक्रम संचालन हुने कृषि ज्ञान केन्द्रले जनाएको छ । 
  
कार्यक्रमलाई सम्बोधन गर्नु हुदै बागमती प्रदेश सभा सदस्य प्रदिप कटुवालले कृषि ज्ञान केन्द्रले ल्याएको कृषिका कार्यक्रममा राजनिति नगर्न आग्रह गर्नुभयो । उहाँले कार्यक्रममा पारदर्शीता हुनुपर्नेमा जोड दिनु भएको छ । साथै संचालन भएका कार्यक्रम परिणाममूखि बनाउनु पर्ने बताउनुभयो ।

कृषि ज्ञान केन्द्र सिन्धुलीका प्रमुख सुजन अंमगाइको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने, बागमती प्रदेशसभा सदस्य प्रदिप कटुवाल, राजन दाहाल, वृद्धिमान माझि, जिल्ला सम्वन्य समितिका प्रमुख शखर राज बर्मा तिर्वारी, नौ वटै स्थानिय तहका प्रमुख तथा उपप्रमुख लगाएत पालिकाका कृषि प्राविधिकहरुको सहभागिता रहेको थियो ।
 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

गोलन्जोर गाउपालिका ४ तल्लो ढुग्रे मा हिजो सोमवार दिउसो १ बजे घर आगलागी

सिन्धुलीको गोलन्जोर गाँउपालिका ४ तल्लो ढुंग्रेमा हिजो सोमवार दिउसो १ बजे घर आगलागी भएको छ । स्थानिय देव बहादुर खपाङ्गी मगरको खरको छानो भएको घरमा

radiosindhuligadhhi

अंग्रेजी विषय अध्यापन गराउने शिक्षकहरुका लागि ३ दिने तालिम

रेडियो सिन्धुलीगढी,११ असोज २०७८, सोमबार/ मरिण गाँउपालिकामा अंग्रेजी विषय अध्यापन गराउने शिक्षकहरुका लागि ३ दिने तालिम आजबाट सुरु भएको छ । “पुर्ण

radiosindhuligadhhi

दक्षिणकाली समिल उद्योगको उत्घाटन संगै संचालन सुरु

रेडियो सिन्धुलीगढी, २० भाद्र २०७८, आईतबार/ कमलामाई नगरपालिका ५ सिलामेमा रहेको दक्षिणकाली समिल उद्योग संचालनमा आएको छ । गोलिया काठ चिरानको लागि उद्योग