सिन्धुलीको कमलामाई नगरपालिका र दुधौली नरपालिकामा २ ठुला परियोजनाहरु सञ्चालन गरिने

रेडियो सिन्धुलीगढी, २६ स्रावन, मंगलबारसिन्धुलीको कमलामाई नगरपालिका र दुधौली नरपालिकामा २ ठुला परियोजनाहरु सञ्चालन गरिने भएको छ । यी दुई नगरपालिकाले समाधी पार्क र कमलानदी तटबन्ध साथै कमला करिडोर परियोजना संचालन गरिने भएको हो । 

राष्ट्रिय योजना आयोगमा परियोजनाको लागि बिस्तृत परियोजना प्रतिवेदन पेश गरिएको छ । सिन्धुलीको कमलामाई नगरपालिकाका नगर प्रमुख खड्गबहादुर खत्री, नेपाली कंग्रेसका जिल्ला सभापति उज्जलप्रसाद बराल र नेपाली कंग्रेस सिन्धुलीकी जिल्ला नेतृ गंगा दहालले परियोजनाको सान्दर्भिकता तथा महत्वका सन्दर्भमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष समक्ष छलफल गर्नुभएको थियो ।

समाधी पार्क निर्माणको लागि कमलामाई नगरपालिकाले साढे ७ करोड बजेट राष्ट्रिय योजना आयोगमा माग गरिएको कमलामाई नगरपालिकाका प्रमुख खड्ग बहादुर खत्रीले बताउनुभयो । समाधी पार्क सिन्धुलीगढीबाट धनमना खोलाको सिर तिरको फेदीमा निर्माण प्रस्ताव गरिएको पार्क हो । समाधी पार्कमा पोखरी, अखण्ड दिप सहितको स्मृती स्तम्भ, बृटिस चिहान र हिन्दु समाधि स्थल आदि रहनेछ । 

यस्तै, कमलानदी तटबन्ध र कमला करिडोर निर्माणको लागि कमलामाई नगरपालिकाले १ अर्ब बजेट राष्ट्रिय योजना आयोगमा माग गरिएको नगर प्रमुख खत्रीले बताउनुभयो । 

कमलामाई नगरपालिकाको वडा नम्बर ८ माईस्थानबाट वडा नंम्बर १०, १३, १४ र दुधौली नगरपालिकाको सम्पुर्ण कमला किनारमा तटबन्ध गरेर सो भागमा मोटरबाटो निर्माण गरि नयाँ सडक करिडोर निर्माण हुने भएको हो । यो तटबन्ध र सडक करिडोरले कमलामाई र दुधौली नगरपालिकामा नयाँ आर्थिक क्षेत्र बनाउने नगर प्रमुख खत्री र नेतृ दाहालले आयोगका उपाध्यक्ष लाई जानकारी गराउनु भएको हो । 
 
यी दुबै योजनालाई यसै आर्थिक बर्षबाट सुरु गर्ने आयोगका उपाध्यक्षले आश्वासन दिनु भएको छ ।   
 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

हरिहरपुरगढी ८ मा आकासे पार्क संचालनमा

रेडियो सिन्धुलीगढी बुधवार ३ पुष,२०८०, सिन्धुलीको हरिहरपुरगढी वडा नम्बर ८ पान्तलेमा कलात्मक ढुंगाहरुबाट निर्मित पार्क मंगलबार एक समारोहका बिच

radiosindhuligadhhi

यात्रा संस्मरण : सिन्धुलीदेखि धादिङसम्म

बिमला रजन मगर, २६ जेठ २०८०, शुक्रबार / जेठ १ गतेको  समय हो रात छिप्पीदै गईरहेको थियो । २ गतेको यात्रामा बागमती प्रदेसको राजधानी हेटौडा जानु थियो, यात्रा

radiosindhuligadhhi

सिन्धुलीको कमलामाई नगरपालिकाले नगरक्षेत्रमा ज्याकर्याण्ड रोपिने

रेडियो सिन्धुलीगढी, १३ असोज २०७८, बुधबार/ सिन्धुलीको कमलामाई नगरपालिकाले नगरक्षेत्रमा ज्याकर्याण्ड रोप्ने भएको छ । नगरपालिकालाई स्वस्च्छ र हरियाली