हरिहरपुरगढी ८ मा आकासे पार्क संचालनमा

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी बुधवार ३ पुष,२०८०,

सिन्धुलीको हरिहरपुरगढी वडा नम्बर ८ पान्तलेमा कलात्मक ढुंगाहरुबाट निर्मित पार्क मंगलबार एक समारोहका बिच उद्दघाटन भएको छ । 
जिल्ला समन्वय समिति सिन्धुलीका सभापति एवं कार्यक्रमका प्रमुख अतिथि कार्साङ लामा, हरिहरपुरगढी गाउँपालिकाका उपाध्यक्ष चेख बहादुर थिङ लगाएत ९ जना स्थानीय जनप्रतिनिधिहरुबाट संयुक्त रुपमा रिवन काटेर पार्कको उद्दघाटन गरिएको हो । 
आकासे पार्क नाम दिइएको पार्क खोला खेल्सामा फालिएर रहेका कलात्मक ढुंगाहरुलाई स्थानीयबासी तथा गाउँपालिकाको सहकार्य एवं सेमाउलदोङ्ग दक्षिण कोरिया नामक संस्थाको सहयोगमा विभिन्न स्थानबाट जम्मा गरि आकर्षक तरिकाले सजाएर निर्माण गरिएको छ । पार्कमा राखिएका कलात्मक ढुंगाहरुमा ‘अरुले हैन आफैँ गर्नु पर्छ’, ‘आज हैन अहिलेबाट गर्नु पर्छ’ ‘सबै एकजुट भए के गर्न सकिन्न ?’ लगाएतका जागरणमुलक कोटेशनहरु लेखिएको छ । 
पार्क उद्दघाटन समारोहलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति सिन्धुलीका सभापति कार्साङ लामाले सबै मिलेर काम गरे हरेक कुरा सम्भव हुने सन्देश पार्क निर्माण र सहयोगी संस्थाले दिएको बताउनु भयो । त्यस्तै हरिहरपुरगढी गाउँपालिका उपाध्यष चेख बहादुर थिङले गरे के हुन्न र भन्दै सहयोगी संस्था सेमाउलदोङ्गको सहयोगमा हरिहरपुरगढी ८, पान्तलेको मुहारै फेरिएको र यसको प्रचारप्रशारमा मेडिया र संचारकर्मीहरुले निरन्तर कलम चलाएमा पर्यटन प्रवर्धनमा पनि सघाउ पुग्ने बताउनु भयो । त्यस्तै सहयोगी संस्था सेमाउलदोङ्ग दक्षिण कोरियाका संस्थापक सदस्य ईजे सुङले आफुले सिन्धुलीको यो एकान्त र शान्तस्थलमा रहेर काम गर्न पाउँदा अत्यन्तै खुसी लागेको र यहाँका स्थानीय एकदमै सहयोगी आफूले पाएको बताउनुभयो । 
त्यस्तै स्थानीय बालकृष्ण नेपालले दक्षिण कोरियाको पोछान नगरपालिका र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका बीच २०७४ सालमा मितेरी सम्बन्ध कायम भई सेमाउलदोङ्ग  दक्षिण कोरिया नामक कोरियन संस्थाका संस्थापक सदस्य ईजे सुङ हरिहरपुरगढी गाउँपालिका वडा नं. ८ को पान्तलेमा बसेर नयाँ गाउँ नयाँ परियोजना नामक कार्यक्रम मार्फत धेरै सामाजिक कामहरु गरिरहेको बताउनुभयो ।
सेमाउलदोङ्ग दक्षिण कोरिया र दक्षिण कोरियाको पोछान नगरपालिका बीच समन्वयको भूमिका हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ८ घर भई हाल दक्षिण कोरियामा विभिन्न व्यवसाय गरिरहनुभएका व्यवसायी एवं समाजसेवी विज्ञान स्याङ्वाले गर्नु भएको  नेपाली कांग्रेसका स्थानीय नेता बम बहादुर स्याङवाले बताउनुभयो । 
 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

यात्रा संस्मरण : सिन्धुलीदेखि धादिङसम्म

बिमला रजन मगर, २६ जेठ २०८०, शुक्रबार / जेठ १ गतेको  समय हो रात छिप्पीदै गईरहेको थियो । २ गतेको यात्रामा बागमती प्रदेसको राजधानी हेटौडा जानु थियो, यात्रा

radiosindhuligadhhi

सिन्धुलीको कमलामाई नगरपालिकाले नगरक्षेत्रमा ज्याकर्याण्ड रोपिने

रेडियो सिन्धुलीगढी, १३ असोज २०७८, बुधबार/ सिन्धुलीको कमलामाई नगरपालिकाले नगरक्षेत्रमा ज्याकर्याण्ड रोप्ने भएको छ । नगरपालिकालाई स्वस्च्छ र हरियाली

radiosindhuligadhhi

जनै पुर्णिमाको दिन चन्द्र नारायणथान मन्दिरमा लाग्ने मेला स्थगित

रेडियो सिन्धुलीगढी, ०५ भाद्र, आईतबार/ जनै पूर्णिमाको दिन चन्द्र नारायणथान मन्दिरमा लाग्ने मेला स्थगित गरिएको छ । घ्याङ्लेख गाउँपालिका र शुनकोसी