जनै पुर्णिमाको दिन चन्द्र नारायणथान मन्दिरमा लाग्ने मेला स्थगित

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, ०५ भाद्र, आईतबार/ जनै पूर्णिमाको दिन चन्द्र नारायणथान मन्दिरमा लाग्ने मेला स्थगित गरिएको छ । घ्याङ्लेख गाउँपालिका र शुनकोसी गाउँपालिकाको सिमाना सातदोबाटो स्थित चन्द्र नारायणथान मन्दिरमा जनै पुर्णिमा अर्थात भोली लाग्ने मेला स्थगित गरिएको हो ।

हरेक वर्ष जनै पुर्णिमाको दिन लाग्ने मेला यस वर्ष कोरोना भाईरसको संक्रमण कायमै रहेकाले मेला स्थगित गरिएको चन्द्र नारायणथान मन्दिर संरक्षण समितिले एक सुचना मार्फत जानकारी गराएको हो ।

अघिल्लो वर्षहरुमा जनै पुर्णिमाको दिन पुजा तथा मन्दिरमा दर्शन गर्ने भक्तजनहरुको भिड हुने र टाढा टाढा बाट पनि मेला हेर्न आउनेहरुको यस मन्दिरमा भिडभाड हुनेगरेको थियो । तर भोलि कुनै पुजा तथा मन्दिरको दर्शन गर्ने भक्तजनलाई उपस्थित नहुन सुचना गरिएको मन्दिर संरक्षण समितिका अध्यक्ष नवराज सुनुवारले बताउनुभयो । 
 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

हरिहरपुरगढी ८ मा आकासे पार्क संचालनमा

रेडियो सिन्धुलीगढी बुधवार ३ पुष,२०८०, सिन्धुलीको हरिहरपुरगढी वडा नम्बर ८ पान्तलेमा कलात्मक ढुंगाहरुबाट निर्मित पार्क मंगलबार एक समारोहका बिच

radiosindhuligadhhi

यात्रा संस्मरण : सिन्धुलीदेखि धादिङसम्म

बिमला रजन मगर, २६ जेठ २०८०, शुक्रबार / जेठ १ गतेको  समय हो रात छिप्पीदै गईरहेको थियो । २ गतेको यात्रामा बागमती प्रदेसको राजधानी हेटौडा जानु थियो, यात्रा

radiosindhuligadhhi

सिन्धुलीको कमलामाई नगरपालिकाले नगरक्षेत्रमा ज्याकर्याण्ड रोपिने

रेडियो सिन्धुलीगढी, १३ असोज २०७८, बुधबार/ सिन्धुलीको कमलामाई नगरपालिकाले नगरक्षेत्रमा ज्याकर्याण्ड रोप्ने भएको छ । नगरपालिकालाई स्वस्च्छ र हरियाली