यात्रा संस्मरण : सिन्धुलीदेखि धादिङसम्म

radiosindhuligadhhi


बिमला रजन मगर, २६ जेठ २०८०, शुक्रबार / जेठ १ गतेको  समय हो रात छिप्पीदै गईरहेको थियो । २ गतेको यात्रामा बागमती प्रदेसको राजधानी हेटौडा जानु थियो, यात्रा सम्झिदा मनमा कैतुहलता खेलिरहेको थियो । मनमा अनेकौं कुराहरू खेल्दै र्गदा पनि आफनो सामान प्याकिङ गरेपछि बेडमा पल्टिँए,यसो सम्झिए बिहान अबेर सम्म त सुत्दिन ? किनकि मलाई बिहानै हिड्नु थियो । मनमा कुरा खेल्दै कति बेला निदाए पत्तै भएन । भोलिपल्ट बिहान ५ बजे बिउझिएर  फ्रेस भए, नास्ता लिए अनि यात्राको लागि घरबाट निस्किए । मलाई सिन्धुली बाट हेटौंडा सम्म पुग्नु थियो । सबै साथीहरू हेटौंडा सम्म आउने र हाम्रो पर्यटकिय स्थलको  भ्रमण हेटौंडा देखि नुवाकोट, रसुवा, धादिङ सम्मको थियो । घरबाट बसपार्क सम्म पुग्दा साडे ६ भै सकेको थियो । पहिलो गाडी छुटी सके छ, दोस्रो गाडीको टिकट लिएर गाडी छुट्ने समयको पर्खाइमा बसे । सात बजे सिन्धुलि बाट गाडी छुट्यो ।

 भ्रमणमा आउने केहि साथीहरूलाई पहिलानै चिनेकाले बसमा यात्रा गर्दै गर्दा फोन गरे नुवाकोट बाट आउदै गरेको खबर पाए । दिनको साढे  १२ बजे म हेटौंडा पुगे साथीहरू आइपुग्नु भएको रैनछ मैले केहि समय  कुर्न पर्ने भयो । समय थोरै भए पनि पर्खाइ सारै लामो भएको महसुस भयो । लगभग २ घन्टा को पर्खाइ पछि नुवाकोट बाट साथीहरु आइपुग्नु भयो । साथीहरू नुवाकोटका हरि भेटुवाल र सिन्धुपाल्चोकका देवराज सुवेदी दुबैलाई पहिलै चिनेको थिए । साथीहरूसङको भेट पछाडि नेपाल पत्रकार महासङघ बागमती प्रदेसका महासचिव  कृष्ण सारु मगरलाई भेटेर हामी बस्ने होटेल सम्म पुगेउ । होटेलमा केही समय आराम पछि अन्य साथीहरु आउनै बाकी भएकाले हामी साझ हेटौंडाको शहिद स्मारक तर्फ लागेउ, स्मारक घुमेर आउँदा धेरै साथीहरू आइसक्नु भको रैछ, साथीहरूसङ्ग चिनजान सङै एउटा होटेलमा खाजा खायौं । खाजा खाएर भोलिपल्टको लागि योजना बनायौँ .  बागमती प्रदेश पर्यटन मन्त्रालयले आयोजना गरेको पत्रकार भ्रमणका लागि प्रदेश भरिका १३ जिल्ला बाट पत्रकार साथीहरू आउनु भएको थियो । केही साथीहरूलाई भोलिपल्ट यात्रामै भेट्ने भयौं । हामीले ३ गते बिहान  पर्यटन मन्त्रालयबाट यात्रा सुरु गर्नु पर्ने थियो । बिहान ८ बजे भेट्ने कुरा सहित खाजा खाएर हामी छुट्यौँ। बस्ने होटेल पुगेर खाना खाएर हामी सुत्यौँ ।

पहिलो दिन ३ जेठ

बिहान होटेल सम्म हामिलाइ लिन गाडी आयो । हामी पर्यटन मन्त्रालय सम्म पुगेउ,मन्त्रालय पुग्दा हामिलाइ भ्रमणको लागी शुभकामना र बिदाइ गर्ने तयारी भईरहेको थियो । पर्यटन मन्त्रालयका निमित्त सचीव राधाकृष्ण खतिवडाले भ्रमणका उदेश्य स्पष्ट पार्दै, भ्रमण टोलिलाई झोल,टिसर्ट,पेनड्राइभ,डाएरी दिदै बिदाइ गर्नुभयो । हाम्रो टोलि हेटौंडा बजारलाई छोड्दै भिमफेदी तर्फ उकाली लागेउ  कतै उकालो कतै ओरालो ,तेर्सो र कतै नगबेली बाटो हुँदै हाम्रो यात्रा चली रहेको थियो । हाम्रो गाडीमा जम्मा ६ जाना थियौँ । म झ्यालको सिट निरै बसे यात्राका क्रममा झ्यालबाट बहिरको दृश्य निहाल्दै थिए,गाडी अगाडि बढी रह्यो । कुलेखानी जलविद्युत हुँदै कतै जङ्गल त कतै गाउँ छिर्दै यात्राका क्रममा देखिएका हरियो जङ्गल अनि विभिन्न रङ्गका फुलहरु कतै लालिगुरास पनि देखिन्थे बाटो भरी ऐसेलु पहेलै भएर पाकेको कतै काफल रातै भएर पाकेको देखिन्थ्यो,त्यो देख्दा हामिले नखाइ यात्रा गर्न मनले मान्न सकेनै गाडि रोकेर सडक छेउमा बसेर ऐैसेलु र काफल खायौ । अनि फेरि यात्रा सुरु गर्यै। खाना खान हामी चित्लाङ पुग्न पर्ने थियो । केही समयको यात्रा पछि हामी चित्लाङ पुग्यौं । चित्लाङ उतरी मकवानपुरको एक महत्त्वपूर्ण ग्रामीण पर्यटन क्षेत्र रहेछ । यहाँ तरकारी खेती प्रशस्त हुने भएकाले सबै किसानहरु खेतबारी तिरै ब्यस्त देखिन्थे, हामी खाना खाने होटल पुग्यौं । पत्रकार महासङघ बागमती प्रदेशका अध्यक्ष शिवप्रसाद देवकोटासङ त्यही भेट भयो । भ्रमणमा रहेको हाम्रो टोली र स्थानीय पर्यटन व्यावसायिसङ छलफल कार्यक्रम भयो । त्यसपछि हामीले खाना खायौं ।

दिउँसो ३ बजेतिर खाना खाइसकेपछि,हामी नुवाकोटको बिदुरकालागि प्रस्थान गर्यौ । चन्द्रागिरिलाइ दाहिने पर्दै हामी थानकोट निस्कियौ । मौसम पानी पर्ला जस्तो गरेर बादलहरु एक आपसमा आकाशमा जुद्दै थिए । एक छिन पछि पानी पर्न पनि सुरु भयो । हामी काठमाडौको सामाखुसी चोक बाट टोखा हुँदै,शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा गुर्जे भन्ज्याङ प्रवेश गर्यौ । शिवपुरी पुग्दा जाडो महशुस हुन थालेको थियो । साथीहरू बाट चिया खाने कुरा भयो,अनि चिया खायौं ।

सिमसिम झरीसंगै हाम्रो गाडी लिखु खोलाको तिरै तिर नुवाकोटको सदरमुकाम स्थित बिदुर नगरपालिकामा प्रवेश गर्यो ।केहिबेरमै हामी देविघाट जाल्पादेवी मन्दिर पुग्यौं । त्रिशुली र  तादिखोलाको सङगम स्थलमा रहेछ जाल्पादेवी मन्दिर,जुन एक ऐतिहासिक र धार्मिक स्थल रहेछ । तेसबेला पानि परिरहेको थियो पानीको कुनै प्रवाह नगरि त्यस क्षेत्रको अबलोकन र भ्रमण पछि विदुर बजारमा होटल स्क्वायरमा बास बस्यौं ।

दोस्रोदिन ४ जेठ

भ्रमणको दोस्रो दिन रसुवा जिल्लाको ऐतिहासिक रसुवागढी सम्म पुग्नु थियो । बिहान ७ः३० बजे सुखद पाउना घरमा खाजा खाए हामी निस्कियै । नुवाकोट बाट रसुवा सम्मको यात्रा निकै कठिन थियो । गाडी गुड्ने बाटो ठाउँ ठाउँमा सारै सागुरो थियो । यात्रा कठिन भए पनि गाडीमा गित बजाउदै अनि गितका शब्दहरुको अर्थ लगाउदै गितसङ्ग झुम्दै, रमाइलो गर्दै अगाडि बड्यौ । विदुरको जलविहार अवलोकन गर्यौ र त्यहाका स्थानीय जनप्रतिनिधि सँग पर्यटन प्रवदन बारे कुराकानी गर्यौ।त्यसपछि हामी रसुवा जिल्ला तर्फ लाग्यौं र रसुवाको कालिकास्थानमा खाना खायौं र त्यहाँबाट हेदा वेत्रावती र कलकल बगाएको त्रिशूली नदि हेर्दा मनलाई प्रफुल र डाँडा बाट फोटो खिच्न मन लाग्यो र हामी सँग भएका नुवाकोटका हरि भेटुवाल फोटो पत्रकार हुनुहुन्थ्यो र उहाँ सँग क्यामरा लिएर मैले पनि फोटो खिचे र खिच्न सिक्न थाले ।कालिकास्थानमा खाना खाएपछि हाम्रो टोली धुन्चे बजारको कच्ची बाटो पार गर्दै अगाडि बढी रहेयौ । केही  पर पुगे पछि धुन्चे बजारलाई मज्जाले नियाल्न सकिन्थ्यो, ड्राइभर दाइलाइ गाडी रोक्न आग्रह गर्यौ र धुन्चे बजार निस्किने गरि तस्वीरहरु क्यामेरामा कैद गर्यौ र अगाडि बढी रहेयौ  । य

सै क्रममा हामिले चिलिमे जलविद्युत आयोजना अबलोकन  गर्ने भयौ,ठुलो पहाड अनि पहाडको काख बाट खनिएको चिलिमे जलविद्युत आयोजनाको सुरुङ्ग पहिलो चोटि सुरुङ्ग भित्र पस्दै थिए मलाई सारै डर लागेको थियो, मेरो अनुहार नै परिवर्तन भएको थियो रे पछि बाहिर निस्के पछि सुनाउदै थिए साथीहरू  रसुवागढी पुग्नु चिलिमे पछिको गन्तव्य थियो ।
ऐतिहासिक रसुवागढी, नेपाल र तिब्बतको सिमाना नजिकै थियो । हामीले अबलोकनसंगै फोटो पनि खिच्यौ । रसुवागढीमा चिया खाने कुरा भयो, धेरै नै भको थियो चियासङ् कोकोनेट बिस्कुट नखाएको भोक लागेर होकि किन हो एक पुरी कोकोनोट बिस्कुट सिध्याए छु । खाइसके पछि हामी  तिब्बत र नेपालको सिमानालाई पछि पर्दै धुन्चेका लागी फर्कियौ ।

मैले महसुस गरेको थिए आखाले देखे भन्दा पनि पर अर्कै सन्सार हुने रै छ, म मक्ख थिए ती ठुला ठुला पहाडहरु हेर्दै । गाडीहरु बिकासका कामका लागि भ्याइनभ्याई सामानहरु बोक्दै थिए । रमेश पौडेल सरको अनुरोधमा “मुटु माग्यौ तिमिले मैले बाच्न पर्छु“ भन्ने गित बज्यो गितसङ्ग हामी रम्दै थियौ भने किशोर सापकोटा सर र रमेश सर ललितपुरका माधव घिमिरे नुवाकोटका हरि भेटुवालका रमाइला गफ सुन्दै हामी गोसाइँकुण्ड गाउँपालिका प्रवेश गर्यौ । धुन्चे बजार आइपुग्दा साझ पर्न लागेको थियो, बिजुली बत्तिले धुन्चे बजार झिल्लीमिलि देखिन लागि सकेको थियो । हामी गोसाइँकुण्ड होटलमा बास बस्ने कुरा भयो होटेलमा हामिलाइ गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ्नर्बु तामाङ, होटेल व्यावसायि लगायतले स्वागत गर्नु भयो ।पर्यटन बिकास र सम्भावनाका लागि छलफल भयो । सोही होटेलमा खाना खाएर रसुवाको धुन्चेमा यात्राको दोस्रो  रात बिताए ।

तेस्रो दिन ५ जेठ

भ्रमणको तेस्रो दिन धादिङ पुग्ने कार्यतालिका थियो । चिया नास्ता खाएर त्यस दिन मौसम खुलेको धुन्चे बजार हेरदा निकै रमाइलो देखिन्थे र हाम्रो टोली का हरि भेटुवाल विहानै क्यामराले धुन्चे बजार को तस्बिर खिचि मिडियाहरुमा पठाएर हालिसक्नु भएछ। रसुवा बाट बिदा लियौ र बाटोमा स्याउबारी भन्ने स्थानमा झर्यौ । स्याउबारी संगै रेडियो लाङटाङ ९०.३ मेगाहर्जको कार्यलय अबलोकन गर्यौ । यति बेला बिहानको ९ बजेको थियो । हामी रसुवालाई छडेर नुवाकोट नजिक आइपुग्यौ । पबित्र धार्मिक स्थल उत्तरगया धाम,मन्दिरमा प्रवेश गरियो । मनोकामना पूरा हुने आस्थाले धेरै भक्तजन आउने गरेको थाहा पाए । मन्दिर दर्शन संगै हामीले केही फोटो पनि कैद गर्यौ । करिब १२ बजे नुवाकोटको हाइवय होटेलमा खाना खायौं । केही समय विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ सङ् अन्तरकृया गर्यौ, प्रर्यटकिय सम्भावना र अबस्था बारे जानकारी लियौ । नगरपालिका छलफल पछि हामी धादिङ तर्फ लागेयौ ।

पुष्पलाल मध्यपहाडि लोकमार्गको बाटो हुँदै धादिङ जादा वरपर हरिया मकै र चैते धानका बाला झुलिरहेको देखिन्थ्यो । मलाई दोहोरी मन पर्ने तर दोहोरी गाउन त्यति सारो चै आउथेन त्यही पनि गाडीमा जानी नजानी हामी सबैले दोहोरी गाउदै ख्याल ठट्टा गर्दै अगाडि बढिरहेयौ,घुम्ती नीर लेट भयो सानू मायालाई बाटैमा भेट भयो गित गाउँदै रमाइलो गर्दै हामी एकै छिन गाडी बाट ओर्लिएर नुवाकोटको र धादिङको सिमाना भर्यङभुरुङ खोलाको पुलमा तस्बिर लिदै मनोरञ्जन गरि धादिवेसि तर्फ लाग्यौं त्यस तर्फ जाने क्रममा वली डाडामा झर्यौ । साथीहरूले चिया खानु भयो मैले चै वाइवाइ चउचउ खाए । वलि डाँडामा डाडाको नामले गर्दा पनि सबै जाना हास्यौ पनि ते बाट दृश्य हेरेउ । साझ पर्नै लाग्दा धादिङ बेसि प्रवेश गर्यौ । साघुरो बाटो हुँदै हाम्रो गाडी धादिङ बजार छिर्यो । बजार छिर्न साथ पानी पर्ला जस्तो भयो । होटेल छिर्न साथ ठूलो पानी पर्यो । होटेलको कोठामा पुगे आराम गरेर तल झरे आज खाना खान मन लागेन रोटी मगाए अनि रोटी खाएर,सुते।

चौथो दिन ६ जेठ

जेठ ३ गते मकवानपुरबाट सुरु भएको मकवानपुर, नुवाकोट ,रसुवा र धादिङ यात्राको अन्तिम दिन आज,बिहान उठेर चिया खाए र तयारी भयौं । हामिलाइ नेपाल प्रेस युनियन धादिङले स्वागत कार्यक्रम राखेको रहेछ। त्यही धादिङको प्रर्यटनबारे जानकारी लियौ । छिटोछिटो भैरवी मन्दिर जानका लागि गाडी चड्यौ । गाउँको बाटो बाट छिर्दै अगाडि बड्यौ,२०७२ को भुकम्पले भत्काएको पुराना घरहरु पनि देखिए, झन्डै डेड घन्टाको यात्रा पछि ऐतिहासिक भैरवी मन्दिर पुग्यौ । यो पर्यटकीय सम्भावना बोकेको क्षेत्र रहेछ । भैरवी मन्दिर को निमार्ण कार्य भै रहेको थियो । मन्दिर बाट धादिङ बेसि पुरै नियाल्न सकिन्थ्यो । यसलाई प्रबर्द्धन र प्रचार गर्न आवश्यक देखियो । मन्दिर बाट पल्लो डाडामा सानासाना ढुंगाहरु देखिएको थियो, मन्दिर बाट झरेर हामीले गाडी त्यतै मोड्न लगायै र त्य सम्म पुग्यौ सारै सुन्दर रहेछ । ते हामीले फोटो खिचेर मनमोहक दृश्य अवलोकन गर्यौ।
त्यस पछाडि सोझै धादिङ बेसि झरियो । धादिङका प्रमुख जिल्ला अधिकारी र सुरक्षाकर्मीसङ्को छलफल पछि खाना खाइयो । अब भने बिदाइका हातहरु हल्लाउने क्षण आयो केही साथीहरू हेटौंडा तिर लाग्नु भयो म काठमाडौ हुदै सिन्धुली लागे चार दिनको यात्रा धेरै अनुभव र स्मरणलाई कैद गरेर बिदाईका हात हल्लाउनु थियो । समग्रमा भ्रमण आयोजकको उदेश्य अनुरुप रह्यो ।


    

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

हरिहरपुरगढी ८ मा आकासे पार्क संचालनमा

रेडियो सिन्धुलीगढी बुधवार ३ पुष,२०८०, सिन्धुलीको हरिहरपुरगढी वडा नम्बर ८ पान्तलेमा कलात्मक ढुंगाहरुबाट निर्मित पार्क मंगलबार एक समारोहका बिच

radiosindhuligadhhi

सिन्धुलीको कमलामाई नगरपालिकाले नगरक्षेत्रमा ज्याकर्याण्ड रोपिने

रेडियो सिन्धुलीगढी, १३ असोज २०७८, बुधबार/ सिन्धुलीको कमलामाई नगरपालिकाले नगरक्षेत्रमा ज्याकर्याण्ड रोप्ने भएको छ । नगरपालिकालाई स्वस्च्छ र हरियाली

radiosindhuligadhhi

जनै पुर्णिमाको दिन चन्द्र नारायणथान मन्दिरमा लाग्ने मेला स्थगित

रेडियो सिन्धुलीगढी, ०५ भाद्र, आईतबार/ जनै पूर्णिमाको दिन चन्द्र नारायणथान मन्दिरमा लाग्ने मेला स्थगित गरिएको छ । घ्याङ्लेख गाउँपालिका र शुनकोसी