२०८४ को चुनावमा उपलब्धिपत्र लिएर जनतामाझ जानुपर्छ : महामन्त्री थापा

रेडियो सिन्धुलीगढी, २४ फागुन २०८१, शनिबार ।
नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले २०८४ को चुनावमा उपलब्धिपत्र लिएर जनतामाझ जानुपर्ने बताउँनु भएको छ । नेपाली काङ्ग्रेस प्रतिनिधि सभा छेत्र नम्बर १ को प्रथम छेत्रीय सम्मेलनलाई सम्बोधन गर्नु हुदै उहाँले यस्तो बताउँनु भएको हो ।
उहाँले भन्नुभयो, ‘आउँदोे चुनावमा नेपाली कांग्रेस पार्टीले मेरो घोषणा पत्र यो छ, ५ बर्षीय कार्यकालमा म यो गर्छु भनेर मात्र भोट माग्न पाईन्न, घोषणा पत्र भन्दा अगाडी उपलब्धीको रिर्पोट जनतामाझ प्रस्तुत गर्नुपर्छ ।’
साथै, नेपाली कांग्रेस ५ बर्ष सरकार बाहिर बस्न तयार रहेको तर अर्को पार्टीसँग मिलेर चुनाव लड्ने पक्षमा नरहेको बताउँनु भयो । उहाँले पार्टीको अधिवेशन चुनाब अगाडीनै हुने बताउँनु भयो ।
।

आजबाट सिन्धुलीमा एमालेको ‘पुराना जगाउँ, नयाँ बढाऊ’ अभियान सुरू हुँदैछः जिल्ला इन्चार्ज मनोजजंग थापा
रेडियो सिन्धुलीगढी, २२ माघ २०८१,मंलबार । नेकपा एमाले सिन्धुलीले आज मंगलवारबाट जिल्लामा ‘पुराना जगाउँ, नयाँ बढाऊ’ अभियानको थालनी गर्ने भएको छ

नेकपा एमाले सिन्धुलीको अध्यक्षमा श्रेष्ठ निर्वाचित
सिन्धुली । नेकपा एमाले सिन्धुलीकोे अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित हुनुभएको छ । आठौँ अधिवेशन अन्तर्गत नयाँ नेतृत्व छनोटका लागी भएको

सुदुरपश्चिम र कोशी प्रदेशमा दुईचार दिन भित्रै सरकार पुन गठन हुने : नेकपा एमालेका महासचिव पोखरेल
सिन्धुली । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुदुरपश्चिम र कोशी प्रदेशमा दुईचार दिन भित्रै सरकार पुन गठन हुने बताउँनु भएको छ । नेकपा एमाले
प्रतिकृया दिनुहोस