नेकपा एमाले सिन्धुलीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

radiosindhuligadhhi

सिन्धुली ।

नेकपा एमाले सिन्धुलीकोे अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित हुनुभएको छ । आठौँ अधिवेशन अन्तर्गत नयाँ नेतृत्व छनोटका लागी भएको मतदानबाट अध्यक्ष पदमा उहाँ निर्वाचित हुनु भएको हो । उहाँले आफ्नो निकटतम प्रतिद्वन्द्वी कुमार बहादुर कार्की (रामकुमार) लाई १ सय ३७ मतान्तरले पराजित गरेर अध्यक्षमा विजयी हुनु भएको हो । अध्यक्षमा निर्वाचित श्रेष्ठले ४ सय ४१ मत प्राप्त गर्दा पराजित कार्कीले ३ सय ४ मत मात्र प्राप्त गर्नु भएको थियो । सातौँ अधिवेशनमा भने कार्कीले पुर्व प्रदेशमन्त्री समेत रहनुभएका प्रदिप कटुवाललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

त्यस्तै, उपाध्यक्षमा कर्णबहादुर घिसिङ पुनः दोहोरिनुभएको छ । ५३ मतान्तरसहित घिसिङ विजयी हुनु भएको छ । विजयी घिसिङले ३ सय ९४ मत पाउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी खडगबहादुर रजन (धिरज)ले ३ सय ४१ मत प्राप्त गर्नुभयो । सातौँ अधिवेशनमा पुर्व प्रदेश सभा सदस्य बिनोद खड्कालाई पराजित गर्दै घिसिङ उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
त्यस्तै, सचिवमा नवराज थिङले ४ सय १ मत प्राप्त गर्दै विजयी हुनु भएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नारायण बरालले ३ सय २८ मत प्राप्त गरेर पराजित हुनुभयो । यसअघि निर्विरोध सचिवमा चयन हुनुभएका बरालले ७४ मत कम प्राप्त गर्दै पदबाट बाहिरिनुभएको छ ।

उपसचिवमा (खुलातर्फ) दिपेश बरालले २ सय ३५ मत प्राप्त गर्नै विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी कुमार शर्माले १ सय ५६ मत प्राप्त गर्नुभयो । यस्तै, उपसचिवकै उम्मेदवार राजु बरालले १ सय ५१ ,टिकाबहादुर देवकोटाले ९७ र शंकर कुमार कार्कीले ४५ मत प्राप्त गर्नु भएको छ ।

उपसचिव (महिला) मा भने पार्वती भट्टराईले ४ सय ८४ मत पाएर विजयी हुनु भएको छ । उहाँका प्रतिद्वन्द्वी मिथुला कुमारी घिमिरेले २ सय २० मत पाउनु भएको छ । कुल ७ सय ८३ मतदाता रहेकोमा ७ सय ५४ जनाले मतदान गरेका थिए । 
 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

अनेमसंघ सिन्धुलीको छैटौ जिल्ला सम्मेलनको उद्घाटन 

रेडियो सिन्धुलीगढी, ०३ जेठ २०८२, शनिबार । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) सिन्धुलीको छैटौ जिल्ला सम्मेलनको उद्घाटन सत्र सम्पन्न भएको छ

radiosindhuligadhhi

अनेमसंघ सिन्धुलीको छैटौ जिल्ला सम्मेलन भोलि हुने

रेडियो सिन्धुलीगढी, ०२ जेठ २०८२, आईतवार । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) सिन्धुलीको छैटौ जिल्ला सम्मेलन भोलि (सोमबार) हुने भएको छ ।

radiosindhuligadhhi

लोकतान्त्रिक चोकमा एमाले सिन्धुलीले ग¥यो जागरणसभा 

सिन्धुली  १८ चैत २०८१ ।   नेकपा (एमाले) जिल्ला कमिटी सिन्धुलीले जागरण सभाको आयोजना गरेको छ । लोकतान्त्रिक गणतन्त्रको संरक्षण र संवर्द्धनका